म्याक्सवेलले लिए आइपिएलबाट अनिश्चितकालीन विश्राम « Khabarhub

म्याक्सवेलले लिए आइपिएलबाट अनिश्चितकालीन विश्राम


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले आइपिएलको यस सिजनबाट बाहिरिने निर्णय गरेका छन् ।

आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरूबाट खेलिरहेका म्याक्सवेलले आइपिएलबाट अनिश्चितकालीन विश्राम लिने निर्णय गरेको जानकारी गराएका हुन् । सोमबार राति सनराइजर्स हैदरावादसँग बैंगलुरुको हारपछि म्याक्सवेलले सो जानकारी गराएका हुन् ।

खराब फर्मका कारण म्याक्सवेलले यो सिजन निकै आलोचनाको सामना गर्नु परेको छ । उनी सनराइजर्सविरुद्धको प्लेइङ-११ मा पनि सहभागी भएनन् । उनको स्थानमा विल ज्याकले प्लेइङ-११ मा खेलेका थिए । म्याच पछि, म्याक्सवेलले आफैँले कप्तान फाफ डुप्लेसिसलाई अरू कसैलाई टिममा राख्न आग्रह गरेको बताएका थिए ।

म्याक्सवेलले अहिले आफ्नो मानसिक र शारीरिक अवस्था राम्रो नभएको बताए । त्यसैले उनले विश्राम लिने निर्णय गरेको बताए । तर, म्याक्सवेलले आइपिएल कहिलेसम्म नखेल्ने वा अर्को सिजनमा पनि पुनरागमन गर्ने नगर्ने भन्नेबारे भने केही बताएनन् । 

म्याक्सवेलले भने- म यसअघि पनि यस्तो अवस्थामा थिएँ । यदि तपाईं चाहनुहुन्छ भने, तपाईं खेल जारी राख्न सक्नुहुन्छ र आफैलाई अन्धकारमा धकेल्न सक्नुहुन्छ । जे होस्, मलाई लाग्छ कि अहिले मेरो लागि एक मानसिक र शारीरिक विश्राम दिने मौका हो, मेरो शरीरलाई ठीक गर्नको लागि राम्रो समय हो । यदि मैले प्रतियोगितामा खेल्न आवश्यक छ भने, म बलियो मानसिक र शारीरिक अवस्थामा फर्केर प्रभाव पार्ने प्रयास गर्नेछु ।’

म्याक्सवेलले मानसिक थकानका कारण खेलबाट ब्रेक लिएको यो पहिलो पटक भने होइन । तर, अहिले उनको अवस्था राम्रो नभएपछि उनले ब्रेक लिने निर्णय गरेका छन् र फ्रान्चाइजीहरुलाई अन्य विकल्प प्रयोग गर्न सल्लाह दिएका छन् ।

म्याक्सवेलले यो सिजन अहिलेसम्म ६ खेलमा ५.३३ को औसत र ९४.१२ को स्ट्राइक रेटमा जम्मा ३२ रन बनाएका छन् भने ४ विकेट लिएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १२ : ४६ बजे

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले

कुलमानले भने- ‘समानुपातिक सूचीमा मेरो भान्जा र ससुराको नाम छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा मन्त्री कुलमान घिसिङले

भाषण र झारा टार्ने शैली चल्दैन, काम देखिनुपर्छ : मधेशका कृषिमन्त्री पटेल

जनकपुर– मधेश प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र

मान्म– कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन्