‘बल्छी धुर्बे’को अभिनय र स्वर रहेको ‘निर्मोही’ सार्वजनिक « Khabarhub

‘बल्छी धुर्बे’को अभिनय र स्वर रहेको ‘निर्मोही’ सार्वजनिक


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को अभिनय र स्वर रहेको गीत ‘निर्मोही’को म्युजिक भिडियो सार्वजनिक भएको छ । अभिनयमा उनलाई पुजन घिमिरे ‘पकु’ले साथ दिएकी छन् ।

हास्य कलाकारको रूपमा छवि बनाएका बल्छीले स्वर दिएकाले गीत धेरैले मन पराएका छन् । उनी संगीतको विद्यार्थीसमेत हुन् । गायनको रुचि पूरा गर्ने उनले बर्सेनि एक-दुई वटा गीत निकाल्ने गरेका छन् ।

बल्छी भन्छन्, ‘बाल्यकालदेखि नै गायनका रुचि थियो । काठमाडौं आएर संगीत पनि सिकेको थिएँ । त्यही रुचि पूरा गर्ने उद्देश्य वर्षमा केही गीत निकाल्ने गरेको छु ।‘

बल्छीको स्वर दिएको यो पाँचौँ गीत हो । यस भिडियोको छायांकन अस्ट्रेलिया र काठमाडौंमा भएको बताइएको छ । गीतमा बल्छी फुटपाथ चिया व्यापारिको भूमिकामा देखिएका छन् । भिडियोमा वसन्तपुर दरबार क्षेत्र र अस्ट्रेलियाको मनोरम दृश्यमा कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

भिडियोमा रमेश श्रेष्ठ, राजु कार्की तथा बाल कलाकार आरोन श्रेष्ठ समृद्धि श्रेष्ठको अभिनय रहेको छ । दीपेन्द्र तिमलसिनाले रहेको यस म्युजिक भिडियोको सम्पादक प्रवीण भट्ट हुन्  ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १२ : ५२ बजे

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा