शिवम् सिमेन्टले बिक्री गर्‍यो १३ करोड ३१ लाख बोरा सिमेन्ट « Khabarhub

शिवम् सिमेन्टले बिक्री गर्‍यो १३ करोड ३१ लाख बोरा सिमेन्ट


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिवम् सिमेन्टले १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट बिक्री गरेर नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बनेको छ ।

शिवमले ४३ र ५३ ग्रेडमा ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित नेपालको पहिलो सिमेन्ट कम्पनी हो ।

सर्वसाधारणका लागि शेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले आगामी दिनमा कम्पनीलाई गुणस्तरीय उत्पादन मार्फत थप उचाइतर्फ लैजाने प्रतिबद्धता जनाएको छ ।

सन् २००३ मा मध्य नेपालको हेटौंडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय चुनढुङ्गाको प्रयोग गरी दैनिक तीन हजार टन ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

शिवम् सिमेन्ट ओपीसी मात्र उत्पादन गर्ने नेपालकै एक अग्रणी सिमेन्ट कम्पनी हो । स्थापनाकालदेखि नै निरन्तर ओपीसी सिमेन्ट मात्र उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् सिमेन्टले व्यक्तिगत, व्यवसायीक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरूका अनेकौं संरचना निर्माणमा विगत लामो समयदेखि महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।

यो कम्पनी ‘भरोसा अटुट सम्बन्धको’, क्वालिटीको मामलामा नो कम्प्रोमाइज’, गुणस्तरको पहिचान हो शिवम्’ तथा ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ जस्ता मूल नाराका साथ अगाडि बढी रहेको छ । नेपालमा गुणस्तर चिन्ह ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा दिँदै आइरहेको जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १ : २० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले