काश्मिरमा डुङ्गा डुब्दा छ जनाको मृत्यु, कयौँ बेपत्ता | Khabarhub Khabarhub

काश्मिरमा डुङ्गा डुब्दा छ जनाको मृत्यु, कयौँ बेपत्ता


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– काश्मिरमा मंगलबार डुङ्गा पल्टिँदा डुङ्गामा सवार चारजना स्कुले बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य धेरै बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार काश्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरको बाहिरी भागमा रहेको झेलम नदीमा २० जनाभन्दा बढी मानिस बोकेको डुङ्गा दुर्घटना ग्रस्त भई पल्टिएको थियो ।

एक प्रहरी अधिकारीका अनुसार आज बिहान गान्दबल क्षेत्रको झेलम नदीमा उक्त डुङ्गा पल्टिँदा नदी पार गर्न प्रयोग गरिएको डोरी अचानक खसेको थियो । दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ भने अन्य धेरै बेपत्ता भएका छन् । दुर्घटनामा परी बाँच्न सफल भएका केही व्यक्तिहरूको उद्धारपछि अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि स्थानीयले अधिकारीहरूलाई सूचना गरेपछि बेपत्ताहरूको खोजी गर्न  प्रहरी र विपद् प्रतिक्रिया बलका कर्मचारीहरूको उद्धार टोली पठाइएको थियो ।  केही स्थानीय मिडिया रिपोर्टहरूले बेपत्ता हुनेहरूको सङ्ख्या १० जना भन्दा माथि रहेको जनाएका छन् ।

 पछिल्ला केही दिनदेखि यस क्षेत्रमा परेको भारी वर्षाले गर्दा नदीको जलस्तर बढेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ५ : ३६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’