सरकारलाई कांग्रेसले ढाल्नु पर्दैन, आफै ढल्छ : रमेश लेखक  « Khabarhub

सरकारलाई कांग्रेसले ढाल्नु पर्दैन, आफै ढल्छ : रमेश लेखक 


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले वर्तमान सरकार कांग्रेसले ढाल्नु नपर्ने आफैँ ढल्ने बताएको छ । सत्ता गठबन्धनमा हलचल सुरु भएपछि कांग्रेसले यस्तो प्रतिकृया दिएको हो ।

नेपाली कांग्रेस संसदीय दलका नेता रमेश लेखक भने कांग्रेस सरकार बनाउने र ढाल्ने खेलमा नलागेको बताउँछन् । 

उनले खबरहबलाई भने, ‘यो सरकारलाई कांग्रेसले ढाल्न पर्दैन आफै ढल्छ ।’

उनले गठबन्धन भित्र नै एक खालको अविश्वास र समस्या पैदा भएको भन्दै यो समस्याले कस्तो गति लिन्छ ? कांग्रेसले हेरेर बसेको तर यसमा कांग्रेसको कुनै भूमिका नभएको बताए ।

उनले भने, ‘कुनै औपचारिक छलफल छैन । सरकार असन्तुलन भएको छ । हामीले गम्भीरतापूर्वक हेरिरहेका छौँ ।’

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेससँग सहकार्य गरेपछि गठबन्धन फुट्ने हो कि भन्ने धेरैको आशंका गरेका थिए । तर सुदूरपश्चिममा समाजवादीले मुख्यमन्त्री पाउने भएपछि तत्काल गठबन्धन फुट्ने अवस्था भने देखिँदैन । 

तर कांग्रेस भने सत्ता गठबन्धनमा एक किसिमको हलचल पैदा भएको बताइरहेको छ । यसबारे नेकपा एकीकृत समाजवादीले केन्द्रीय सहमति अनुसार आफूलाई जिम्मेवारी नदिएपछि सहकार्यको बाटो टुट्न पनि सक्ने बताएको थियो । 

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले खबरहबसँग भने, ‘सुदूरपश्चिममा सत्ता गठबन्धनले हामीलाई दिएको जिम्मेवारी पूरा गरेन जे पनि हुन सक्छ ।’

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच बालुवाटारमा भेट भएको थियो । भेटमा भेटमा प्रधानमन्त्रीले सुदूरपश्चिममा मिलाउने आश्वासन दिएका थिए । 

मंगलबार दिउसो नै सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई जिम्मेवारी दिने सहमति भएको नेता खनालको भनाइ छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ५ : ४० बजे

समीरले सुरु गरे ‘१२ गाउँ २’को सुटिङ

काठमाडौं – डेब्यू फिल्म ‘१२ गाउँ’बाट चर्चामा आएका नायक समीर

वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण

काठमाडौं– वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य

सुकुम्वासी विस्थापन र प्रेसमाथि ‘नाकाबन्दी’विरुद्ध नेकपा (संयुक्त)को सडकमै पत्रकार सम्मेलन

काठमाडौं– नेकपा (संयुक्त)ले सुकुम्वासीहरूको अमानवीय विस्थापन र प्रेस क्षेत्रमाथि भइरहेको आर्थिक

पूर्णबहादुरसँग गगन-विश्वको एक घण्टा संवादपछि सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवादको निकास अझै ननिस्किएका बेला बुधबार

होर्मुजमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण, चालक दलका केही सदस्य घाइते

तेहरान- मध्यपूर्वमा बढ्दो तनावबीच होर्मुज जलडमरूमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण