सरकारलाई कांग्रेसले ढाल्नु पर्दैन, आफै ढल्छ : रमेश लेखक  | Khabarhub Khabarhub

सरकारलाई कांग्रेसले ढाल्नु पर्दैन, आफै ढल्छ : रमेश लेखक 


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले वर्तमान सरकार कांग्रेसले ढाल्नु नपर्ने आफैँ ढल्ने बताएको छ । सत्ता गठबन्धनमा हलचल सुरु भएपछि कांग्रेसले यस्तो प्रतिकृया दिएको हो ।

नेपाली कांग्रेस संसदीय दलका नेता रमेश लेखक भने कांग्रेस सरकार बनाउने र ढाल्ने खेलमा नलागेको बताउँछन् । 

उनले खबरहबलाई भने, ‘यो सरकारलाई कांग्रेसले ढाल्न पर्दैन आफै ढल्छ ।’

उनले गठबन्धन भित्र नै एक खालको अविश्वास र समस्या पैदा भएको भन्दै यो समस्याले कस्तो गति लिन्छ ? कांग्रेसले हेरेर बसेको तर यसमा कांग्रेसको कुनै भूमिका नभएको बताए ।

उनले भने, ‘कुनै औपचारिक छलफल छैन । सरकार असन्तुलन भएको छ । हामीले गम्भीरतापूर्वक हेरिरहेका छौँ ।’

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेससँग सहकार्य गरेपछि गठबन्धन फुट्ने हो कि भन्ने धेरैको आशंका गरेका थिए । तर सुदूरपश्चिममा समाजवादीले मुख्यमन्त्री पाउने भएपछि तत्काल गठबन्धन फुट्ने अवस्था भने देखिँदैन । 

तर कांग्रेस भने सत्ता गठबन्धनमा एक किसिमको हलचल पैदा भएको बताइरहेको छ । यसबारे नेकपा एकीकृत समाजवादीले केन्द्रीय सहमति अनुसार आफूलाई जिम्मेवारी नदिएपछि सहकार्यको बाटो टुट्न पनि सक्ने बताएको थियो । 

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले खबरहबसँग भने, ‘सुदूरपश्चिममा सत्ता गठबन्धनले हामीलाई दिएको जिम्मेवारी पूरा गरेन जे पनि हुन सक्छ ।’

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच बालुवाटारमा भेट भएको थियो । भेटमा भेटमा प्रधानमन्त्रीले सुदूरपश्चिममा मिलाउने आश्वासन दिएका थिए । 

मंगलबार दिउसो नै सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई जिम्मेवारी दिने सहमति भएको नेता खनालको भनाइ छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ५ : ४० बजे

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता

काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा भेला र प्रदर्शन गर्न निषेध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा