सानातिना घटनाले सत्ता समीकरणलाई असर पार्दैन : ओली « Khabarhub

सानातिना घटनाले सत्ता समीकरणलाई असर पार्दैन : ओली


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा कुनै परिवर्तन नआउने बताएका छन् ।

झापाको कनकाईमा आयोजित एमाले झापाको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले अहिले मुलुकमा देशभक्त राजनीतिक शक्तिहरूको समीकरण बनेको हुँदा यसलाई टिकाएर लैजान आफ्नो पार्टी प्रतिबद्धता रहेको छ भने ।

‘हामीले पुरानो गठबन्धन भत्काउनै पथ्र्यो, भत्कायौँ’, अध्यक्ष ओलीले भने, ‘नयाँ समीकरण बनाउनै पथ्र्यो, बनायौँ । धेरैले अर्थ मन्त्रालय छाडिदियो, गृह मन्त्रालय पनि छाडिदियो भने । कुन मन्त्रालय लियो र कुन लिएन भन्ने महत्वको विषय होइन, हाम्रो सरकार छ भन्ने कुरा महत्वपूर्ण हो । अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो ।’

उनले देशभक्तहरूको समीकरण भत्काउनका लागि विभिन्न शक्तिहरूले निरन्तर षड्यन्त्र गरिरहेको दावी गरे। लामो राजनीतिक अनुभव र जिम्मेवार अभिभावक शक्तिको कारण एमालेले अहिलेको सत्ता समीकरणलाई देश र जनताको हितमा अघि बढाउने उनको भनाइ छ ।  

उनले अहिलेको सत्ता समीकरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहसिक निर्णय लिएको बताए। एमालेले घोषणा गरेको ‘मिसन–८४’ राजनीतिक सुझबुझपूर्ण गन्तव्य भएको जनाउँदै उनले देश र जनताको हितका लागि पार्टीले चुनावमा विजय हासिल गर्न जरुरी भएको धारणासमेत व्यक्त गरे।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ७ : ५२ बजे

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि