चर्चामा बहादुरीको कथा | Khabarhub Khabarhub

चर्चामा बहादुरीको कथा


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बेलायती जुम्ल्याहा दिदी बहिनीको यो बहादुरीको कथा तीन वर्ष अघिको हो। त्यसै बहादुरीको कथाले बेलायती राज प्रसादको समेत मन जितेको छ। यो वर्ष जर्जीया र मेलिसा लाउराले बहादुरीको अवार्ड जितेका छन्।

मेलिसाले आफ्नो नजिकै गोही आएको देखेकी थिइन्। सोही गोहीको आगमनसँगै जर्जीया त समयमै नदीको किनारमा आएकी थिइन्। तर, मेलिसालाई अर्को गोहीले पक्रेर लिएर गएको थियो।

अहिले ३१ वर्ष पुरा भएकी जर्जीया आफ्नो बहिनीलाई बचाउन गोहीसँग भिड्न तयार भइन्। अन्ततः उनले जित पाइन्। आफ्नो बहिनीलाई बचाएर नै छाडिन्। यसै बहादुरीका लागि उनले किङ बालान्ट्री पदक पाइन्।

अहिले ३१ वर्ष पुरा भएकी जर्जीया आफ्नो बहिनीलाई बचाउन गोहीसँग भिड्न तयार भइन्। अन्ततः उनले जित पाइन्। आफ्नो बहिनीलाई बचाएर नै छाडिन्। यसै बहादुरीका लागि उनले किङ बालान्ट्री पदक पाइन्।

जुन २०२१ मा भएको सो घटनामा मेलिसाको अनुहारमा त्यस जनावरले प्रहार गरेको थियो। यसै कारणले धेरै नै सङ्क्रमण भएर उनी कोमाको नजिक पुगेकी थिइन्। जर्जीयाको स्मृतिमा त्यस त्रासदीय दृश्य अझै छ। जहाँबाट उम्केर उनले जीवन निर्वाह गरेकी थिइन्। उनीहरू दुई दिदी बहिनी एक आपसमा कुरा गर्दै एउटाले अर्कोलाई बाच्नका लागि र सङ्घर्ष गर्नका लागि प्रेरणा दिएको बताउँछन्। एक बिना अर्कोको जीवन नै अर्थ नहुने पनि उनीहरूको मत छ।

घटनालाई सम्झिँदै मेलिसा भन्छिन्, ‘गोहीले टोकेर तल लगे पछि मैले मेरो जीवन माया मारी सकेको थिएँ। जब हामी बोटमा पुग्यौ त्यसपछि जोडले मलाई अङ्कमाल गर्न मैले भनेकी थिएँ।’

तीन वर्षपछि पनि मेलिसाको नाडीमा घाउको खत अझै छ। पेटमा त कति घाउ छ साध्यै छैन। हात र गोडामा पनि घाउ छ। यो एउटा हरर मुभीको कथा जस्तै भएको ती दिदी बहिनी बताउँछन्। जर्जीयाकै विचारमा उनीहरूको रगत र मनको साइनो छ। जोडिएको छन्। त्यसै कारण एकले अर्कोलाई बचाए।

बर्कसायरका यी दिदी बहिनी लगाउमा पुगेका थिए। प्युरेटो इस्कन्डीडो नजिकैको सो स्थानमा पानी चम्की रहेको थियो।

सन् २०२१ को जुनमा उनीहरू जनवार सफाइ गर्ने तथा घुम्ने गरी मेक्सिकोमा बसेका थिए। ११ अगस्टका दिन दुई उद्देश्यका लागि पैसो उठाउने सोचका साथ उनीहरूले थेम्स म्याराथन पौडने सोच बनाएका थिए।

सिपास भन्ने स्थानमा रहेका एक समुदायका लागि चिकित्सा शिक्षा दिलाउन पैसाको जोहो गर्ने उनीहरूको उद्देश्य थियो। हेन्ली थेम्स र मर्लोमा पौडिएर उनीहरूले चार हजार अमेरिकी डलर जम्मा गर्ने योजना बुनेका थिए।
त्यो लडाइँ सम्झँदै उनीहरू भन्छिन्, ‘गोहीको मुखबाट खोसेर ल्याउन खोजेको समयमा पनि बारम्बार आक्रमण भएको थियो।’ जर्जीयाका लागि त्यो समय पक्कै कठिन थियो। एक हातले बहिनीलाई समाएर अर्को हातले बारम्बार गोही सँग भिड्नु कठिन काम थियो।

तीन पटकसम्म गोहीले आक्रमण गरेको थियो। त्यसका बाबजुद उनीहरू हरेस खाएका थिइनन्। लामो समयको सङ्घर्षपछि गोहीबाट निस्किएका उनीहरूलाई केही समय पछि डुगाले उद्धार गरेको थियो।

जर्जीयाको त्यो बहादुरी खेर गएन। गालान्ट्री पदक राजाले सर्वसाधारणलाई अन्य व्यक्तिको ज्यान जोगाउन देखाएको बहादुरीका लागि दिन्छन्।

संसारमा हरेक दिन यस्ता बहादुरीका धेरै कथा लेखिएका छन्। यसरी लेखिएका कथाहरूका नायक पुरस्कृत पनि भएका छन्। आफ्नो काकाको छोरा पानीमा डुबेपछि पौडन नजाने पनि बचाउनका लागि हाम फल्ने र आफ्नो भाइलाई जोगाउन प्रयास गर्ने भारतका एक युवाको अहिले चर्चा छ।

उनी लगायत धेरै भारतीयलाई यस वर्षको सुरुवातमै पुरस्कार प्रदान गरिएको थियो। सो अवार्ड राष्ट्रपति द्रौपदी मुर्मुले प्रदान गरेकी थिइन्।

भारतमै पछिल्लो समय एकदमै तीक्ष्ण युवा गुगल म्याथ व्वाईको पनि चर्चा चलेको थियो। अर्बान उर्बानी नामका  बालक पनि पुरस्कृत भएका थिए। यसै गरी पुरस्कृत हुने अन्यमा सुनानी चौहान पनि थिइन्। उनले सौर्य ऊर्जाबाट चल्ने कृषि यानको आविष्कार गरेकी थिइन्।

भारतमा जनवरी महिनामा भएको सो समारोहमा विलक्षण मस्तिष्क भएका, बहादुरी प्रदर्शन गर्ने तथा नयाँ आविष्कार गर्ने १९ जनालाई पुरस्कृत गरिएको हो।

संसारमा हरेक दिन यस्ता बहादुरीका धेरै कथा लेखिएका छन्। यसरी लेखिएका कथाहरूका नायक पुरस्कृत पनि भएका छन्। आफ्नो काकाको छोरा पानीमा डुबेपछि पौडन नजाने पनि बचाउनका लागि हाम फल्ने र आफ्नो भाइलाई जोगाउन प्रयास गर्ने भारतका एक युवाको अहिले चर्चा छ।

त्यसरी भारतमा छनोट गरिएका बालकहरूमा बहादुरीका लागि पुरस्कृत एक जना थिए। यसै गरी, विधान तथा प्रविधिका लागि एक तथा नयाँ कुरा पत्ता लगाए बापत एक थिए। चार समाजसेवाका लागि पाँच खेलकुदका लागि तथा सात कला र संस्कृतिका लागि थिए। पुरस्कार पाउनेमा १० जना बालिका थिए।

६ वर्षीया उब्रान अर्मानीई विशेष गणित र सिपका लागि पुरस्कार प्रदान गरिएको हो। उनले अस्वाभाविक लाग्ने १ सय वटा गणितका समस्या समाधान गरेका थिए। १३ वर्षीया हेत्भी कान्तीभाल खिम सौर्यले ३ सय ५० पेन्टिङ तयार गरेकी थिइन्।

दिल्लीकी १६ वर्षीया सुहानी चौहानले बिउ छर्ने नयाँ मेसिनको आविष्कार गरेकी हुन्। वातावरण मैत्री सो मेसिनले भारतको वार्षिक एक हजार ८ सय रुपैयाँ बराबरको डिजेल खर्च जोगाउने छ। साथै कार्बन उत्सर्जनलाई पनि त्यसले घटाउने छ। कोटाका आर्यन सिंहले पनि यसै किसिमको आविष्कार गरेका थिए।

संसारमा हरेक दिन नकारात्मक कुरा मात्र होइन प्रेरणादायी र सम्मान गर्न लायक काम पनि भएका छन्। त्यसैका यी केही उदाहरण हुन्।
स्रोत : बिबिसी, टाइम्स अफ इन्डिया

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ९ : ४४ बजे

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सभामुख मण्डलको आग्रह

महेन्द्रनगर (धनुषा)– मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले शिक्षा क्षेत्रलाई प्राथमिकतामा

बबरमहल दुर्घटनामा एकको मृत्यु दुई घाइते

काठमाडौं- काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ

संस्कृति र रीतिरिवाजलाई जीवन्त राख्न पुस्तक प्रकाशनको ठूलो महत्व छ : उपप्रधानमन्त्री सिंह

पाटन – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले धर्म, संस्कृति

अमेरिकी करले गरिब राष्ट्रलाई गम्भीर क्षति पुर्‍याउने चीनको भनाइ

बेइजिङ- चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओले विश्व व्यापार सङ्गठन (डब्लूटीओ) का

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौं – बालाजु औद्योगिक क्षेत्रभित्र आगलागी भएको छ । औद्योगिक