जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित « Khabarhub

जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सबै विदेश भ्रमण स्थगित गरेका छन् । रुसले पूर्वी युक्रेनमा आफ्नो आक्रमण बढाएपछि राष्ट्रपति जेलेन्स्कीले आफ्नो विदेश भ्रमण रद्ध गरेका हुन् ।

युक्रेनको सेना जीवन बचाउन र क्षतिबाट पूर्वी क्षेत्र बच्न लुक्यान्सी र भोभचान्स्कबाट फिर्ता भएका छन् । रूसी सीमाबाट मात्र ५ किलोमिटर र खार्किव शहरबाट ५० किलोमिटर टाढा रहेको शहरमा रुसले आक्रमण बढाएको छ ।

युक्रेनी–रूसी सेनाले भोभचान्स्कको सडकमा लडाइँ गरेका थिए । शहरको गस्ती प्रहरी प्रमुख ओलेक्सी खार्किभ्स्कीले रुसी सेनाले सहरमा अवरोध गरिरहेको बताएइएको छ ।

रुसले शुक्रबार युक्रेनको उत्तरी सीमामा आक्रमण गरेको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि जवाफी आक्रमणको कुरा गरेका छन् ।

युक्रेनको उत्तरी सिमानामा रुसले आक्रमण गर्नुको कारण अझै स्पष्ट भइसकेको छैन तर रुसले युक्रेनको रुसमाथिको आक्रमणलाई नियन्त्रण गर्नका लागि बफर जोन बनाउन चाहेको अनुमान गरिएको छ ।

युक्रेनी गाउँहरू कब्जामा लिएर रुसका रक्षामन्त्रीले एक विज्ञप्ति जारी गर्दै रुसी सेनाले नौवटा गाउँ मुक्त गरेको बताए। युक्रेनी सेना प्रमुख ओलेक्सान्डर सिर्स्कीले उत्तरी सीमामा रहेको खार्किभको अवस्था तीव्र गतिमा बिग्रँदै गएको बताएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ११ : ०४ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका