देउवाको तर्क- ओलीले गिरीबन्धु टि-स्टेटको जग्गाबारे आफूले निर्णय गरेर कांग्रेसमाथि आरोप लगाए  « Khabarhub

देउवाको तर्क- ओलीले गिरीबन्धु टि-स्टेटको जग्गाबारे आफूले निर्णय गरेर कांग्रेसमाथि आरोप लगाए 


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टि-स्टेटको जग्गाबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूले निर्णय गरेर कांग्रेसमाथि आरोप लगाएको बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजको स्थापना दिवस तथा २६ औँ केन्द्रीय साधारण सभालाई सम्बोधन गर्दै बिहीबार उनले गिरीबन्धु टि-स्टेटको जग्गाबारे आफूले निर्णय गरेर अध्यक्ष ओलीले कांग्रेसमाथि आरोप लगाएको बताएका हुन् ।

‘ओलीजीले बोलेको भनेर बाहिर आएको छ । अदालतले फैसला गरेपछि गिरीबन्धु टि स्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर,’ सभापति देउवाले भने, ‘आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली जस्तो नेताले यस्ता अभिव्यक्ति दिन नसुहाउने देउवाले बताए । ‘त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन,’ सभापति देउवाले भने, ‘आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ ।’

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  १२ : १० बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको