सत्तापक्षको अडान : गृहमन्त्रीको राजीनामा नमाग्ने सर्तमा छानबिन समिति बन्छ « Khabarhub

सत्तापक्षको अडान : गृहमन्त्रीको राजीनामा नमाग्ने सर्तमा छानबिन समिति बन्छ


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय छानबिन समिति बनाएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा नमाग्ने गरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमति जुटेको छ । 

सत्ता पक्ष र प्रतिपक्षबीच यही सहमतका आधारमा समग्र सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन लागिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूले बताएका छन् । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसद्‌मा गृहमन्त्री लामिछानेबारेको छानबिन समिति गठन हुने पक्का भएको छ । 

गृहमन्त्री लामिछानेले बिहीबारको संसद् बैठकमा बोलेपछि छानबिन समिति बनाउन प्रमुख प्रतिपक्षी नेपाली  कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि तयार भएको एमाले नेताहरूको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका संसदहरूले छानबिन समिति बनाएपछि कांग्रेसले पनि गृहमन्त्रीको राजीनामा नमाग्ने मोटामोटी सहमति भएको  बताएका छन् ।

माओवादी केन्द्रका एकजना सांसदले खबरहबलाई भने, ‘छानबिन समिति बनेपछि कांग्रेसका साथीहरूले गृहमन्त्रीको राजीनामा माग्दैनौँ भने भन्नु भएको छ ।’ 

ती सांसदका अनुसार गृहमन्त्रीले बोलिसकेपछि कांग्रेस र अन्य नेताले आफ्ना भनाइ राख्नेछन् । त्यसपछि संसदीय छानबिन समिति बनाइने भएको छ ।

एमालेका प्रमुख सचेतक बर्तौलाले पनि बिहीबार अपरान्ह ४ बजेपछि लामो समययता अवरुद्ध संसद् खुल्ने जानकारी दिएका छन् । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि छानबिन समिति बनेपछि गृहमन्त्री लामिछानेको राजीनामा नमाग्ने बताउँछन् ।  उनले भने, ‘हामीले राजीनामा मागेकै छैन । संसदीय छानबिन समिति बनाऊँ मात्रै भनेका हौँ ।’

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  १ : ३९ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम