द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै « Khabarhub

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी कारवाहीलाई जारी राखेको छ । इरानले खाडी क्षेत्रमा रहेका विभिन्न मुलुकलाई लक्षित गरेर क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ ।

इरानले विश्व तेल र ग्यास परिवहनका लागि अत्यन्त महत्वपूर्ण मानिने पर्सियन गल्फ, स्ट्रेट अफ हर्मुज, गल्फ अफ ओमान र अरेबियन सी आसपासका क्षेत्रका जहाजमा पनि हमला बढाएको छ । यसअघि इरानको सैन्य दस्ता इस्लामिक रिभल्युसनरी गार्ड कोरको नौसैनिक शाखाले स्ट्रेट अफ हर्मुजमा कुनै पनि जहाजलाई प्रवेश निषेध गरिएको भन्दै उर्दी जारी गरेको थियो ।

यससँगै ती क्षेत्र व्यापारिक जहाजका लागि असुरक्षित बन्दै जान थालेका छन् । हालसम्म इरानी आक्रमणका कारण आधा दर्जनभन्दा धेरै जहाज क्षतिग्रस्त भएको जनाइएको छ ।

पछिल्लो समय ओमानको दुक्म व्यापारिक बन्दरगाहमा रहेको एक इन्धन ट्याङ्करमा पनि ड्रोन आक्रमण भएको छ । ओमानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार उक्त आक्रमणबाट कुनै मानवीय क्षति भने भएको छैन ।

सुरक्षा निकायले समयमै स्थिति नियन्त्रणमा लिएको जनाइएको छ । आक्रमणका क्रममा भौतिक क्षतिलाई समेत सीमित राखिएको दाबी गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ ।

सन् २०२४ को तथ्याङ्क अनुसार विश्वको कुल तेल आपूर्तिको करिब पाँच भागको एक भाग अर्थात् दैनिक २ करोड ब्यारेल तेल ओमान र इरानको बीचमा रहेको स्ट्रेट अफ हर्मुज भएर ओसारपसार हुने गरेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १ : ४० बजे

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले