अनसनरत डा. गोविन्द केसी अस्पताल भर्ना « Khabarhub

अनसनरत डा. गोविन्द केसी अस्पताल भर्ना


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत २९ बैशाखदेखि अनसन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ ।

उनलाई बुधबार बेलुका महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएको छ र उनको ग्लुकोजको मात्रा न्युन रहेको किटोन बडी बनेको बताइएको छ  । यस्तै पिसाव नखुलेको र मुटुको चालमा उतारचडाव रहेको शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डा. दिनेश काफ्लेले जानकारी दिए ।

अस्पताल आए पनि डा. केसीले आफ्नो अनसन जारी रहेको बताएका छन् । डा. केसीलाई अस्पतालको एनेक्स टू को ६०१ नम्बर क्याविनमा राखिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामासहित ४ बुँदे माग राख्दै  डा.केसी गत २९ बैशाखदेखि पशुपतिको मृगस्थलिमा २२ औँ अनसन सुरु गरेका थिए ।

 

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  २ : ०८ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम