अन्तिम २ मिनेटमा झिनो अंकले बढेर बन्द भयो नेप्से, कारोबार ४ अर्बभन्दा माथि « Khabarhub

अन्तिम २ मिनेटमा झिनो अंकले बढेर बन्द भयो नेप्से, कारोबार ४ अर्बभन्दा माथि


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बिहीबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) अन्तिम २ मिनेटमा झिनो अंकले बढेको छ । बिहीबार कारोबार बन्द हुँदा नेप्से ०.७९ अंकले बढेर २०१८.७६ बिन्दु कायम भएको छ ।

साताको अन्तिम दिन नेप्सेमा बारोबारको हिसाबले लगानीकर्ता उत्साहित देखिएका छन् । आज ४ अर्ब २३ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर ५७ हजार २१८ पटक किनबेच भएको छ ।

आज ३१५ कम्पनीको शेयर कारोबार हुँदा १०३ कम्पनीको शेयर बढेको छ भने १३९ कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ ।

सेन्सेटिभ इन्डेक्स ०.२७ अंकले र सेन्सेटिभ फ्लोट इन्सेक्स ०.१५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.०३ अंकले घटेको छ ।

उपसमूहमा भने अधिकांश समूहको शेयर मूल्य घटेको छ । १३ वटा समूहमध्ये लघुवित्त र अन्य समूहको शेयर बढेको छ । अन्य सबै समूहको शेयर मूल्य घटेको छ ।

हिमालय, जाल्पा सामुदायक, श्रृजनलशील र स्वाभिमान लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सीईडीबी हाइड्रोपावर ९.५१ प्रतिशतले र ग्लोबल आईएमई लघुवित्तको ९.०३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ३ : ३० बजे

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य