कारोबारमा उत्साहसँगै यो साता ५२ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?  « Khabarhub

कारोबारमा उत्साहसँगै यो साता ५२ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–यो साता नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा उत्साह देखिएको छ । सातामा पाँचै दिन कारोबार हुँदा एक दिन ९ अंकले बजार घटेको छ भने अन्य ४ दिन बजार बढेको छ । समग्रमा नेप्से सातामा ५२.५३ अंकले बढेको छ ।

गत हप्ताको बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक १९६६.२३ विन्दु कायम रहेको थियो भने यस साता बढेर परिसूचक २०१८.७६ विन्दु कायम भएको छ ।

कारोबारको हिसाबले २ दिन ४ अर्ब माथिको कारोबार भएको छ भने २ दिन ३ अर्ब माथिको कारोबार भएको छ । एक दिन भने २ अर्ब बढी करिब ३ अर्बको कारोबार भएको छ ।

कारोबार र नेप्से परिसूचकको हिसाबले यो सता नेप्से बुल ट्रेन्डमा रहेको देखिएको छ । नेप्से परिसूचक २ हजार माथि पुगेर नेप्सेको मनोवैज्ञानिक रेखा पार गरेसँगै बजारमा उत्साह पनि थपिएको छ ।

एक वर्ष यता नेप्से १८०० देखि २२०० को बीचमा घुमिरहेकाले अब नेप्सेले बुल ट्रेन्ड समात्ने वा वियर ट्रेन्ड के समात्ने हो त्यो त्यसै भन्न सकिने अवस्था भने छैन । यो साता बजारले सकारात्मक रूप लिएको बजारका जानकारहरू बताउने गरेका छन् ।

साताको पहिलो नेप्से बढेर साताको स्वागत गरेको थियो । आइतबार नेप्से ८.२६ अंकले बढेर १९७२.५० विन्दु कायम भएको थियो ।

आइतबार ३ अर्ब ११ करोड ८८ लाख ७४ हजार रुपैयाँ बराबरको ६८ लाख १८ हजार ४४९ कित्ता शेयर ४९ हजार २११ पटक किनबेच भएको थियो ।

आइतबार नेप्से परिसूचक उच्चतम १९८१.७९ र न्यूनतम १९६१.८९ विन्दुसम्म पुगेको थियो । आइतबार १२७ कम्पनीको शेयर मूल्य बढ्दा १११ कम्पनीको शेयर मूल्य घटेको थियो । ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।

गत हप्ताको अन्तिम दिन अर्थात् बिहीबार बाट बढ्न सुरु भएको शेयर बजार लगातार ३ दिन अर्थात् सोमबार पनि बढेको थियो । आइतबार ८ अंकले बढेको नेप्से सोमबार दोबरले अंक २४.३९ अंकले बढ्यो ।

सोमबार बजार बन्द हुँदासम्म नेप्से १.२३ प्रतिशतले बढेर १९९८.८९ विन्दु पुग्यो । सोमबार नेप्से उच्चतम विन्दुमा पुग्दा मनोवैज्ञानिक रेखा समेत पार गरेको थियो । उक्त दिन नेप्से उच्चतम २०००.५५ र न्यूनतम १९७०.५४ विन्दुमा पुगेको थियो ।

सोमबार नेप्से भारी अंकले बढ्दा पनि कारोबार भने त्यति ३ अर्ब पुग्न सकेन । २ अर्ब ९६ करोड २५ लाख ८६ हजार रुपैयाँ बराबरको ७० लाख ७३ हजार ८६४ कित्ता शेयर ४५ हजार २४५ पटक किनबेच भएको थियो । सोमबार १४८ कम्पनीको शेयर मूल्य बढेको थियो भने ८५ कम्पनीको शेयर मूल्य घटेको थियो । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको थियो ।

शेयर बजारको बुल ट्रेन्ड मंगलबार पनि निरन्तरता पायो । गत बिहीबार ५ अंकले बढ्न सुरु भएको नेप्से मंगलबार एकै दिन २८.६२ अंकले बढ्यो । मंगलबार नेप्से १.४३ प्रतिशतले बढेर २०२७.५१ विन्दुमा कायम भयो । मंगलबार नेप्से उच्चतम २०२७.५९ विन्दु र न्यूनतम १९९९.१४ विन्दुसम्म पुगेको थियो ।

मंलबार नेप्से परिसूचकसँगै करोबारमा पनि उछाल आएको थियो । मंलबार ४ अर्ब माथिको कारोबार भयो । उक्त दिन ४ अर्ब १ करोड ३३ लाख ११ हजार रुपैयाँ बराबरको ८६ लाख ८५ हजार ७४८ कित्ता शेयर ५९ हजार ३०० पटक किनबेच भयो ।

मंगलबार २१९ कम्पनीको शेयर मूल्य बढेको थियो भने २२ कम्पनीको शेयर मूल्य घटेको थियो । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।

नेप्सेको बुल ट्रेन्डमा बुधबार भने ब्रेक लाग्यो । निरन्तर बढी रहेको नेप्से बुधबार भने ९.५४ अंकले घट्यो । बुधबार नेप्से ०.४७ प्रतिशतले घटेर २०१७.९७ विन्दुमा कायम भयो । उक्त दिन नेप्से परिसूचक उच्चतम २०४८.२९ र न्यूनतम २०१२.५६ विन्दुसम्म पुगेको थियो ।

बुधबार बजार घटेसँगै मंगरबारको तुलनामा कारोबार पनि घट्न पुग्यो । बुधबार ३ अर्ब ६८ करोड ८१ लाख ३१ हजार रुपैयाँ बराबरको ७८ लाख ८७ हजार ९ कित्ता शेयर ५५ हजार ३८५ पटक किनबेच भयो । उक्त दिन ६८ वटा कम्पनीको शेयर मूल्य बढेको थियो भने १७२ वटा कम्पनीको शेयर मूल्य घटेको थियो । ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।

बिहीबार नेप्से अन्तिम २ मिनेटमा झिनो अंकले बढ्यो । बिहीबार नेप्से ०.७९ अंकले बढेर २०१८.७६ विन्दु कायम रह्यो । साताको अन्तिम दिन नेप्सेको कारोबारको हिसाबले भने लगानीकर्ताको उत्साह देखियो । बिहीबार ४ अर्ब २३ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर ५७ हजार २१८ पटक किनबेच भयो ।
बिहीबार ३१५ कम्पनीको शेयर कारोबार हुँदा १०३ कम्पनीको शेयर मूल्य बढ्यो भने १३९ कम्पनीको शेयर मूल्य घट्यो । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ५ : ३२ बजे

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्ने

काठमाडौं- सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि-२०८३ स्वीकृत

काठमाडौं– प्रधानमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको

८७ प्रतिशत एमाले कार्यकर्ताले भने- ओलीलाई अध्यक्षबाट हटाउनुपर्छ

काठमाडौं– नेकपा एमालेका ८७.६ प्रतिशत नेता तथा कार्यकर्ताले पार्टीको अध्यक्ष

गरिबी न्यूनीकरणमा सघाउन विज्ञहरू संसारभर पठाउने चीनको प्रस्ताव 

निङ्सिया– चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मुलुकको पूर्वाधार विकास र आर्थिक