कांग्रेसको आरोप : सत्ता पक्षका नेता बाटोमै कुरा फेर्न थाले, एमालेले चलखेल गर्‍यो « Khabarhub

कांग्रेसको आरोप : सत्ता पक्षका नेता बाटोमै कुरा फेर्न थाले, एमालेले चलखेल गर्‍यो


३ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूले सत्ता पक्षीय दलहरूले बाटोमै कुरा फेरेको आरोप लगाएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय छानबिन समिति बनाउन तयार भइसकेको अवस्थामा दिउँसो भएपछि कुरा फेरेको कांग्रेस नेताहरूले बताएका छन् ।

सहकारी ठगी प्रकरण छानबिनका लागि कांग्रेस नेताहरूले लिखित सहमति समेत खेजेका छन् । त्यसपछि मात्रै संसद्‍को अवरोध हट्ने उनीहरूको अडानत छ ।

कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले भने, ‘बिहान सहमति भइसकेको थियो तर बाटोमै साथीहरूले कुरा फेर्नुभयो । अब हामीलाई संसद् खुलाउन सहकारी प्रकरणमा लिखित सहमति चाहिन्छ ।’

कांग्रेस नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरिरहेकोसमेत बताएका छन् ।

कांग्रेसका एकजना संसद्ले भने, ‘छानबिन समितिलाई लिएर एमालेले व्यापक चलखेल गरिरहेको छ । यो गलत छ । हामी जनताको १ रुपैयाँ पनि तलमाथि हुन दिँदैनौँ ।’

यता सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा ‘सुवोध’ले भने प्रधानमन्त्री प्रचण्डले संसद् सुचारु गराउन सबै दलसँग गम्भीर छलफल गरिरहेको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीले निरन्तर पहल गरिरहनु भएको छ ।’

अहिले प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री लामिछानेसँग छुट्टै छलफल गरिरहेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूसँग पनि सभामुख र प्रधानमन्त्रीले निरन्तर छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ६ : ०१ बजे

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै