काठमाडौं–प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच हाल हालाहाल को अवस्था उत्पन्न भएको छ ।
सभामुख देवराज घिमिरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरू आक्रोशित भएका थिए ।
त्यही आक्रोशका क्रममा नारा लगाइरहेका उपसभापति गुरुङ र आशनबाट उठेका एमाले अध्यक्ष ओलीबीच हात हालाहालको अवस्था आएको हो ।
तर तनावबीच बैठक स्थगित भइसकेपछि कांग्रेस संसद् बद्री पाण्डेले आफूहरूले अवरोध गर्दा गर्दै सभामुख देवराज घिमिरले गृहमन्त्री लामिछानेलाई बोल्न दिएकाले रोक्न खोज्दा तनाव भएको बताए ।
उनले सत्ता पक्षका सांसदहरू आफूहरूमाथि खनिएको जिकिर पनि गरे । उनले खबरहबसँग भने, ‘जबरजस्ती गरेपछि रोक्न खोजेका हौँ । तर सत्ता पक्षका सांसदहरू हामीमाथि खनिनु भयो ।’
प्रतिक्रिया