जब धनराज गुरुङ नाराबाजी गर्दै केपी ओलीसँग खनिए... (तस्बिरहरू) | Khabarhub Khabarhub

जब धनराज गुरुङ नाराबाजी गर्दै केपी ओलीसँग खनिए… (तस्बिरहरू)


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङबीच संसद्‌ बैठकमै धकेलाधकेल भएको छ ।

आफूहरूको विरोधबीच गृहमन्त्री रवि लामिछानेलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिँदा कांग्रेस सांसदहरू आक्रोशित भएका थिए ।

आक्रोशित मुद्रामा प्रस्तुत भएका कांग्रेस सांसदहरूलाई सम्झाउँदै ओली आशनबाट उठेर अघि बढेका थिए ।

ओली अघि बढेर कांग्रेस सांसदहरूको आशननजिक पुग्नेबित्तिकै कांग्रेस उपसभापति धनराज गुरुङले मुठ्ठी उठाएर नाराबाजी गर्न थाले ।

चर्को नाराबाजी गर्दै गुरुङ आक्रोशित मुद्रामा प्रस्तुत भएपछि ओली पनि रिसाउन पुगे । दुईजनाबीचको विवाद धकेलाधकेलमा पुगेपछि एमाले सांसदहरू अघि बढे।

लगत्तै कांग्रेस सांसदहरू पनि त्यहाँ जम्मा भए । दुवै दलका सांसदहरूबीच केहीबेर धकेलाधकेल र घम्साघम्सी नै चल्यो । संसद्‍मा तनाव बढेपछि सभामुख देवराज घिमिरले बैठक भोलिसम्मलाई स्थगित गरिदिए ।

 

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ६ : ४२ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले