संसद्‍मा तनावको दोष कांग्रेसले सभामुख घिमिरेलाई लगायो « Khabarhub

संसद्‍मा तनावको दोष कांग्रेसले सभामुख घिमिरेलाई लगायो


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख पार्टी नेतृत्वको निर्देशनमा चल्नु दुर्भाग्य भएको जनाएको छ ।

सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभा (वेल) घेराउ गरिरहँदा सभामुखले आरोपित गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि यस्तो आरोप लगाएको हो ।

‘प्रतिपक्षी वेलमै आइसकेपछि संसभालाई अगाडि बढाउने काम गर्न हुँदैनथ्यो। तर, सिधै तलबाट नेताहरूले अगाडि बढा भन्ने र सभामुखले जबरजस्ती सभा सञ्चालन गर्न थाल्नुभयो,’ बैठकपछि बाहिरिने क्रममा कांग्रेस प्रवक्तासमेत रहेका सांसद डा. प्रकाशशरण महतले भने, ‘यो हाम्रो संसदीय इतिहासमा सबैभन्दा अमर्यादित, गर्न नहुने, संसदीय विधिको बर्खिलाप त्यसको रक्षा गर्न बसेका सभामुखले पार्टी नेतृत्वको निर्देशनमा हुनु दुर्भाग्य हो ।’

सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच भनाभन भएको थियो ।

संसदमा मुठभेटको अवस्था सिर्जना भएपछि सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई आफ्नो आशनमा बस्न आग्रह गर्दै बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ६ : ४८ बजे

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी

काठमाडौंका मतदान केन्द्रमा सामग्री पठाउन सुरु

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंका मतदान

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

इलाम– २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-९ शेरा बस्ने