‘पुजार सार्की’मा परीक्षा लिम्बू : अडिसनमा ६ वटा भिडियो पठाएपछि अनुबन्ध | Khabarhub Khabarhub

‘पुजार सार्की’मा परीक्षा लिम्बू : अडिसनमा ६ वटा भिडियो पठाएपछि अनुबन्ध


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ १० बाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’मा नायिका परीक्षा लिम्बू प्रमुख भूमिकामा देखिँदै छन् । यस अघि उनी हिट दुई फिल्म जारी र छक्का पञ्जामा सहायक भूमिकामा अभिनय गरेकी थिइन् ।

अहिले चलचित्रको प्रचारमा व्यस्त रेहकी परीक्षाले लामो सकसपछि यस फिल्ममा अनुबन्ध भएको प्रसंग सुनाएकी छन् । अडिसनमार्फत फिल्ममा जोडिएकी उनले ६ वटा भिडियो निर्माण पक्षलाई पठाएपछि मात्रै फाइनल भएको बताउँछिन् ।

फिल्ममा गौमायाको भूमिकामा रहेकी परीक्षा भन्छिन्, ‘उहाँहरूले मंगोलियन युवती खोजिरहनुभएको रहेछ। अडिसन खुलेको थाहा पाएँ । फिल्ममा अनुबन्धित हुनुअघिसम्म ६ वटा भिडियो पठाएँ ।’

निर्माण पक्षले कास्कीको कास्कीकोट क्षेत्रको स्थानीय लवज खोजेकाले फिल्ममा फाइनल हुन लामो समय लागेको उनको बुझाइ छ । उनी भन्छिन्, ‘स्थानीय लवजमा बोल्न सक्ने पात्रको खोजी रहेछ । भाषाले एकदमै महत्त्व राखेको छ । त्यही कारण उहाँहरुले लामो समय लिनुभयो । पछि अनुबन्ध भएपछि लवज र भाषाबारे उहाँहरुले नै अभ्यास गराउनु भयो ।’

फिल्ममा पश्चिमको भाषा बोल्नुपर्ने भएकाले पूर्वमा हुर्केकी परीक्षालाई अनुबन्ध हुन सकस भयो । यद्यपि छायांकन र पात्र निमार्णको प्रक्रिया भने रमाइलो भएको अनुभव उनीसँग छ ।

उनी भन्छिन्, ‘आफूबाट अर्को मान्छे हुन पाउँदा मलाई रमाइलो लाग्यो । वास्तविक मभन्दा फिल्मको ममा धेरै फरक छ । सुरुमा मलाई उताको भाषा र जीवनशैलीले अलि गाह्रो अनुभव भयो ।’

परीक्षा यस चलचित्रमा ‘मैतबहादुर’को भूमिकामा रहेको नायक प्रदीप खड्काको जोडी ‘गौमाया मगर’को भूमिकामा छन्। प्रदीपसँग उनको यो पहिलो सहकार्य हो ।

जातीय छुवाछुतविरुद्धको कथामा आधारित यस फिल्ममा दिनेश राउतको निर्देशन रहेको छ । यस फिल्मको कथा विकास सुबेदीले लेखेका हुन् ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ८ : ५१ बजे

‘लाज शरणम्’का तीन पोस्टर सार्वजनिक

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनि’ टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’को

पनौतीको बाढीप्रभावित क्षेत्रमा सम्पत्ति कर छुट

काभ्रेपलाञ्चोक – पनौती नगरपालिकाले बाढीपहिरो प्रभावित क्षेत्रमा नागरिकको सम्पत्ति करमा

प्रदेशमा पनि देखियो सत्ता गठबन्धनमा गडबडी

काठमाडौं– गत असार १७ गते भएको सात बुँदे सहमतिको जगमा

आजका समाचार : रावलले ओकले ओलीप्रति आक्रोश पाँच राजदूतको शपथ र विश्वभर नयाँ वर्षको उल्लास

वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भीम रावलको घोषणागत पुस ११

जबालियामा इजरायली हमला, १५ जनाको मृत्यु

एजेन्सी – गाजाको नागरिक सुरक्षा निकायले बुधबार क्षेत्रको उत्तरी भागमा