गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते « Khabarhub

गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका –१, मक्वादिस्थित रिडि–तम्घास पक्की सडक खण्डमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बिहीबार पोखरादेखि तम्घासतर्फ आउँदै गरेको गरेको लु १ ख ८१७५ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकामध्ये चालक र सहचालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको छ । उक्त बसमा १३ जना यात्रुहरू सवार रहेका थिए । दुर्घटना के कारणले भयो भन्ने खुल्न सकेको छैन ।

घाइतेमध्ये एक जनाको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भइरहेको छ । भने १२ जनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ९ : २७ बजे

जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका

काठमाडौं – कलाकार जितु नेपालले निर्माण घोषणा गरेको फिल्म ‘आई

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाराबाजीपछि सार्वजनिक भयो निर्वाचन तालिका

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि काठमाडौंमा जारी विशेष केन्द्रीय महाधिवेशन

भरतपुरमा बृहत् चक्रपथ उद्‌घाटन

नारायणगढ–  देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त

नयाँ नेतृत्वका लागि निर्वाचन अघि बढाउन प्रतिनिधिको दबाब, विशेष महाधिवेशनस्थलमा नाराबाजी

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डमा प्रतिनिधिहरूले नाराबाजी थालेका छन्