राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई « Khabarhub

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोक्काले हात पारेका छन् ।

नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको ३१औँ स्मृति दिवसका अवसरमा बिहीबार बुटवलमा मदन भण्डारी स्पोट्र्स एकेडेमीद्वारा आयोजित सो प्रतियोगितामा उनले निर्धारित २१ किलोमिटर दूरी एक घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गरेका थिए ।

म्याराथनमा च्याम्पियन बनेका रोक्काले रु एक लाख पुरस्कार हात पारेका छन् । ‘सबैका लागि खेल’ भन्ने नारासहित आयोजना गरिएको म्याराथनमा १ घण्टा १० मिनेट १४ सेकेन्डमा निर्धारित दुरी पार गरेर सेनाकै नरेन्द्र रावत दोस्रो भइ रु ७५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै सेनाकै रामजी बस्नेतले एक घण्टा १० मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भइ रु ५० हजार पुरस्कार प्राप्त गरेका छन । हाफ म्याराथनमा जुम्लाका दुर्गा बुढा चौँथो,सेनाकै श्रीष लाल पाँचौँ तथा सशस्त्र प्रहरी बलका किरणसिंह बोगटीले छैटौंँ स्थान प्राप्त गरेका छन् ।

चौथो बनेका बुढाले रु ३० हजार, पाँचौंँ बनेका श्रीष लालले रु २० हजार र छैटौंँ बनेका बोगटीले रु १० हजार पुरस्कार प्राप्त गरेका छन् । बुटवल बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत बुटवलको कालिकानगरबाट सुरु भएको हाफ म्याराथन तिलोत्तमाको पत्थरडाँडा पुगेर योगिकुटीमा समापन भएको थियो ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  १० : ०४ बजे

जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका

काठमाडौं – कलाकार जितु नेपालले निर्माण घोषणा गरेको फिल्म ‘आई

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाराबाजीपछि सार्वजनिक भयो निर्वाचन तालिका

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि काठमाडौंमा जारी विशेष केन्द्रीय महाधिवेशन

भरतपुरमा बृहत् चक्रपथ उद्‌घाटन

नारायणगढ–  देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त

नयाँ नेतृत्वका लागि निर्वाचन अघि बढाउन प्रतिनिधिको दबाब, विशेष महाधिवेशनस्थलमा नाराबाजी

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डमा प्रतिनिधिहरूले नाराबाजी थालेका छन्