विश्वकपमा नामिबियाविरुद्ध इंग्ल्याण्ड ४१ रनले विजयी « Khabarhub

विश्वकपमा नामिबियाविरुद्ध इंग्ल्याण्ड ४१ रनले विजयी


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत गएराति भएको खेलमा इंग्ल्याण्डले नामिबियाविरुद्ध ४१ रनको जित निकालेको छ। वर्षाले अवरोध गरेपछि १० ओभरमा झारिएको खेल डिएल म्याथोडमा इग्ल्याण्डले ४१ रनको जित निकालेको हो।

सुरुमा ब्याटिङ गरेको इंग्ल्याण्डले पूरै १० ओभर खेल्दै ५ विकेटको क्षतिमा १२२ रन बनाएको थियो। १२३ रनको लक्ष्य पछ्याएको नामिबिया तीन विकेट गुमाउँदै ८४ रनमा समेटिएको हो।

इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले नटआउट ४७ रन बनाए। २० बलको सामना गरेका उनले चार चौका र दुई छक्का प्रहार गरे। उसका लागि जोनी बेयरस्टो ३१, मोइन अली १६, लियाम लिभिङस्टोन १३ रनमा आउट हुँदा फिल साल्टले ११ रन बनाए।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले दुई विकेट हात पारे भने डेभिड विसे र बर्नार्ड स्कटेजले समान एकएक विकेट लिए।

१२३ रनको लक्ष्य पछ्याएको नामिबियाका लागि भने माइकल भ्यान लिङ्गेनले सर्वाधिक ३३ रन बनाए। २९ बलको सामना गरेका उनले एक चौका र तीन छक्का प्रहार गरे। डेभिड विसेले २७ रन जोडे भने निकोलास डेभिन १८ रनमा आउट भए। नामिबिया तीन विकेट गुमाएर ८४ रनमा समेटिएको हो। नामिबियालाई सतस्तैमा समेट्न कसिलो बलिङ गरेको इंग्ल्याण्डका लागि अफ्रा आर्चर र क्रिस जोर्डनले समान एकएक विकेट हात पारे।

यो जितसँगै इंग्ल्याण्डले सुपर ८ को सम्भावनालाई जीवितै राखेको छ। समूह ‘बी’मा सुपर ८ प्रवेश गरिसेको अस्ट्रेलिया ६ अंकसहित शीर्ष स्थामा छ।

चार खेल खेलिसकेको इंग्ल्याण्ड ५ अंकसहित दोस्रो स्थानमा छ। समान अंक भएको तर एक खेल खेल्न बाँकी स्कटल्याण्ड भने रनरेटका आधारमा तेस्रो स्थानमा छ। इंग्ल्याण्डलाई सुपर ८ प्रवेशका लागि अस्ट्रेलियाले स्कटल्याण्डलाई हराउनुपर्नेछ। स्कटल्याण्डले अस्ट्रेलियामाथि जित निकाले यो समूहबाट स्कटल्याण्ड सुपर ८ मा प्रवेश गर्नेछ।

यो समूहका नामिबिया र ओमान भने विश्वकपबाट बाहिरिसकेका छन्। त्यसैगरी गएराति नै भएको समूह ‘ए’को भारत र अमेरिकाको खेल वर्षाले अवरुद्ध भएको छ। खेल वर्षाले अवरुद्ध भएपछि अंक बाँडेको भारत ७ अंकसहित शीर्ष स्थानमा रहँदै सुपर ८ पुगेको छ भने अमेरिकासमेत ५ अंकसहित सुपर ८ मा पुगेको छ। यो समूहका क्यानडा, पाकिस्तान र आयरल्याण्ड विश्वकपबाट बाहिरिसकेका छन्।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ६ : १३ बजे

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट