युरोकप : अल्बानीयामाथि इटालीको जित « Khabarhub

युरोकप : अल्बानीयामाथि इटालीको जित


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोकप फुटबल २०२४ मा साबिक विजेता इटाली विजयी सुरुवात गरेको छ । गएराती जर्मनीको सिग्नल इडुना पार्कमा भएको समूह ‘बी’को पहिलो खेलमा अल्बानियालाई २–१ गोलले हराउँदै इटाली विजयी भएको हो ।

इटालीका लागि अलेसेन्ड्रो बास्टोनी र निकोलो बारेलाले एक–एक गोल गरेका थिए । अल्बानियाका नेदिम बजरामीले एक गोल गरेका थिए ।

खेल सुरु भएको १ मिनेट नबित्दै अल्बानियाका बजरामीले सुरुवाती गोल गरेका थिए । तर ११ औँ मिनेटमा इटालीका बास्टोलीले गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, १६औँ मिनेटमा बारेलाले गोल गर्दै इटालीलाई २–१ को अवस्थामा पु¥याए । त्यसपछि दुवै टोलीबाट थप गोल नभएपछि इटाली २–१ गोलले विजयी भयो ।

यो जितसँगै इटालीले पहिलो खेलबाट तीन अंक जोडेको छ । यसअघि गएराति नै भएको खेलमा स्पेनले क्रोएसियालाई हराएको छ ।

यो पनि…
युरोकपः क्रोएसियामाथि स्पेनको शानदार विजयी सुरुवात

युरोकपमा स्वीट्जरल्याण्डको विजयी सुरुवात

 

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ६ : ५८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया