कृषि विकास सहकारीका अध्यक्षसहित चारजना पक्राउ, ९४ करोड २३ लाख हिनामिना « Khabarhub

कृषि विकास सहकारीका अध्यक्षसहित चारजना पक्राउ, ९४ करोड २३ लाख हिनामिना


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरको कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना आरोपमा अध्यक्षसहित ४ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सहकारीको रकम घोटालामा संलग्न भएको आरोपमा पक्राउ गरेर उनीहरूलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष तेजबिक्रम थापा, व्यवस्थापक सजना राजकर्णिकार तथा सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटा छन् ।

सहकारीका ५६६ जना बचतकर्ताले उनीहरूविरुद्ध उजुरी दिएका थिए ।

२ अर्ब ८० करोड निक्षेप रहेको यस सहकारीमा ९४ करोड २३ लाख ४२ हजार ठगी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको कार्यादेशमा पनि यो सहकारीको नाम समावेश छ । संसदीय समितिको कार्यदेशको अनुसूची १ मा योसहित २० वटा सहकारीको नाम छ । जहाँ समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका सहकारीलाई समावेश गरिएको छ ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट मोबाइल फोन, पेन ड्राइभ, केही चेक र कारसहितका सामाना बरामद भएको जनाएकोछ ।

 

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १ : ०५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र