बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुसी « Khabarhub

बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुसी


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– जिल्लाको महोत्तरी गाउँपालिकामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यहाँका महिला खुसी भएका छन् ।

वर्षौंदेखि प्रसूति सेवा लिन महिला छ किमी टाढा रहेको जिल्ला सदरमुकाम जलेश्वर तथा १८ किमी टाढा रहेको जनकपुर जाने गरेकामा स्थानीयस्तरमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि सहज भएको हो ।

शनिबार महोत्तरी–३ स्थित डाम्हीमडै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएको हो । आफ्नै गाउँ ठाउँमा प्रसूति सेवा पाउनुपर्ने स्थानीय महिलाको वर्षौँको माग सम्बोधन भएको गाउँपालिकाका अध्यक्ष दिलीपकुमार पाण्डेले बताए।

यहाँ आयोजित कार्यक्रममा बर्थिङ सेन्टर उद्घाटन गर्दै उनले प्रसूति सेवा लिन अब मधेस प्रदेशको राजधानी जनकपुर वा अन्यत्र जाने बाध्यता अन्त्य भएको जानकारी दिए ।

अध्यक्ष पाण्डेले असार १ गतेदेखि असार मसान्तसम्म यस बर्थिङ सेन्टरमा जन्मिने शिशुलाई प्रतिशिशु  पाँच हजार एक सय रुपैयाँका दरले उपहार दिने घोषणा गरे ।

उक्त बर्थिङ सेन्टरमा गर्भवतीका लागि नियमित गर्भ जाँच, सुत्केरी जाँच तथा प्रसूति सेवा उपलब्ध गराइएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भ जाँचसम्बन्धी सामान्य सुविधाबाट वञ्चित रहेका यहाँका स्थानीय महिलाले नियमित गर्भ जाँचसम्बन्धी सम्पूर्ण सेवा पाउने अध्यक्षको पाण्डेको भनाइ छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १ : २७ बजे

बागलुङवासी सुस्ताउने ‘ऐतिहासिक पार्क’ (तस्बिरहरू)

बागलुङ– घना बस्ती भएको बागलुङ बजार साँघुरो छ । बजार क्षेत्रमा

प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

चितवन– नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको फाइनल खेल सकिँदै गर्दा प्रधानमन्त्री

कार्तिक नाचको दशौँ दिन नरसिंह अवतार प्रस्तुत, मंगलबार समापन हुने

काठमाडौं– ललितपुरको पाटन दरबार स्क्वायरस्थित कार्तिक डबलीमा सञ्चालन भइरहेको ऐतिहासिक

गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि

म्याग्दी– मङ्गला गाउँपालिका–५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले यस वर्ष

मजदुरीबाट सिकेको सीपबाट उद्यमी बनेका मेघबहादुर

म्याग्दी– बिहानको उज्यालोसँगै म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित बङ्गुर फार्ममा मेघबहादुर