बजेटमा कार्यान्वयनमै प्रमुख चुनौती छ : स्वर्णिम वाग्ले « Khabarhub

बजेटमा कार्यान्वयनमै प्रमुख चुनौती छ : स्वर्णिम वाग्ले


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले  बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै डा. वाग्लेले बजेटका लक्ष्य र उद्देश्य स्पष्ट भए पनि कार्यान्वयन चुनौती पूर्ण रहेको बताएका हुन् ।

मन्त्रालयगत छलफलमा भाग लिँदै डा. वाग्लेले ऊर्जा क्षेत्रमा कार्यक्रम राम्रो भए पनि बजेट कम भएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनले जलाशय आयोजनामा ध्यान केन्द्रित गर्नुपर्नेमा खहरे खोलामा ऊर्जा परियोजना केन्द्रित गर्दा विद्युत् उत्पादनको सन्तुलन नमिलेको बताए ।

उनले संघीय मामिला मन्त्रालयमा पोषण र खानेपानी र भवन निर्माणको कार्यक्रम समावेश गरिएको प्रति आफू रनभुल्लमा पारेको बताए ।

डा. वाग्लेले अर्थ मन्त्रालय अन्तर्गत नयाँ चरणको आर्थिक सुधारमा विशेष ध्यान केन्द्रित गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  २ : १६ बजे

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग

पोखरामा जग्गाको कित्ताकाट खुल्यो

गण्डकी – पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको

काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्‍यो चार गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१