राजेन्द्र लिङदेन भन्छन्- ऊर्जा क्षेत्रमा विदेशीलाई सहज हुने नीति बनाइयो « Khabarhub

राजेन्द्र लिङदेन भन्छन्- ऊर्जा क्षेत्रमा विदेशीलाई सहज हुने नीति बनाइयो


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले ऊर्जा क्षेत्रमा  विदेशीलाई सहज हुने नीति बनाउँदै गएको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले नेपाली लगानीकर्तालाई प्रेरित गर्ने बजेट नआएको बताएका हुन् ।

उनले बजेटमा ऊर्जा क्षेत्रमा विशेष नीति ल्याउनुपर्नेमा विदेशीलाई मात्र लक्षित गरिएको भन्दै नेपाली लगानीमा ऊर्जा क्षेत्रमा आयोजना बन्नुपर्नेमा जोड दिए । उनले नेपाली लगानी कर्तालाई अप्ठ्यारो हुने किसिमका नीति बनाइएको र विदेशीलाई सहज हुने नीति बनाएको बताए ।

उनले बुढी गण्डकी जस्तो बहुउद्देश्यीय आयोजनाका लागि पर्याप्त बजेट नछुटाएको आरोप लगाउँदै बुढी गण्डकी आयोजना कसरी अगाडी बढ्छ भन्ने स्पष्ट नभएको बताए ।

अर्थमन्त्री र मन्त्रीहरूले आफ्ना कार्यकर्ता र आफ्नो क्षेत्रलाई खुसी बनाउने गरी बजेट ल्याएको बताउँदै उनले आफूले यो बजेट परिवर्तन नहुने र संसदमा रेकर्डको लागि बजेटमाथि असहमति राखेको बताए ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  २ : २१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना