बजेटबारे रोकिएन एमालेको असन्तुष्टि, योगेश भन्छन् : प्रोजेक्ट बैंकबाट होइन, पकेटबाट योजना छानिए « Khabarhub

बजेटबारे रोकिएन एमालेको असन्तुष्टि, योगेश भन्छन् : प्रोजेक्ट बैंकबाट होइन, पकेटबाट योजना छानिए


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले बजेटलाई लिएर देखाएको असन्तुष्टि रोकिएको छैन ।

एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले नै बजेटलाई लिएर सार्वजनिक रुपमा रोष प्रकट गरिरहेका बेला दोस्रो तहका नेता पनि त्यही बाटोमा छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद योगेश भट्टराइले बजेट निर्माण प्रक्रियामा पुरानै ढाँचा अबलम्वन गरिएको भन्दै असन्तुष्टि जनाए ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै भट्टराईले बजेट निर्माण प्रक्रिया पुरानै ढाँचाबाट आएको टिप्पणी गरे । उनले यसमा ठूलो नीतिगत र संरचनागत परिवर्तन आवश्यक भएको पनि उनले सुझाए ।

तीन करोडमाथिका मात्रै आयोजनालाई बजेटमा राख्ने प्रधानमन्त्रीको प्रतिबद्धताविपरीत स-साना आयोजना पनि राखिँदा कुनै प्रतिफल नआउने धारणा राखे ।

तीन तहलाई निश्चित अंक बराबरको बजेट व्यवस्था गर्ने प्रणालीलाई स्थापित गर्न सके परिणाममुखी रुपमा बजेटको कार्यान्वयन गर्न सकिने उनले बताए ।

पुँजीगत खर्च घटिरहेको र वित्तीय खर्च धेरै भइरहेको अवस्थालाई सुधार ल्याउनुपर्नेमा उनले जोड दिएका छन् ।

भट्टराईले २५ वर्षमा आयोजना हस्तान्तरण गर्ने नियमलाई बढाउनुपर्ने सुझाव पनि दिए ।

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै लगानी बढेको अवस्थामा सरकारले गम्भीर रुपमा ध्यान दिनुपर्ने उनले बताए ।

पुँजीगत खर्चलाई बढाउने वित्तीय व्यवस्थापन नियन्त्रण गर्ने कुरा नै मुलुकको अर्थतन्त्रको निम्ति स्थायी भरपर्दो बाटो हुन सक्ने उनको भनाइ छ ।

‘अर्थमन्त्रीको त्यस विषयमा ध्यान जान जरुरी छ । योजना आयोगको आयोजना बैंकमार्फत अर्थमन्त्रालयले योजनाहरू ल्याउनुपर्ने हुन्छ’, उनले भने, ‘तर, आगामी आर्थिक वर्षको बजेट बनाउने क्रममा योजना बैंकको प्रतिविम्ब छैन । प्रोजेक्ट बैंकको सट्टामा पकेट बैंक जस्तो योजना छनोट भएको देखिएको छ ।’
उनले सानातिना आयोजना लगेर निर्वाचन जितिन्छ भन्ने मानसिकता भए त्यसले कुनै पनि प्रतिफल नदिने पनि बताए ।

‘विगतमा निर्वाचनमा धेरै नेताहरूको परिणाम हेर्दा देखिरहेका छौँ । जसले धेरै बजेट लैजान्छ, त्यसले चुनाव जित्दैन । कम बजेट लैजानेले चुनाव जितेर आइरहेको छ’, उनले भने, ‘बजेट लैजाँदैमा चुनाव जितिन्छ भन्ने आधारबाट मुक्त हुन जरुरी छ । विगतदेखि बजेट बनाउँदा व्यापारिक घरानाले फाइदा लिएको आंशका गर्दै आएका छौँ । त्यसमा अर्थमन्त्रीले ध्यान दिनुभएको होला ।’

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ३ : ०४ बजे

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित