जब संसद्‍मा कांग्रेस सांसदले दलित समुदायलाई होच्याउने शब्द प्रयोग गरे... | Khabarhub Khabarhub

जब संसद्‍मा कांग्रेस सांसदले दलित समुदायलाई होच्याउने शब्द प्रयोग गरे…


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले बोलेको एउटा वाक्यलाई लिएर विरोध भएको छ ।

प्रतिनिधिसभाको बैठकमा बजेटमाथि विभिन्न मन्त्रालयगत छलफलमा भाग लिने क्रममा घिमिरेले कुनै एक जातिलक्षित उखान प्रयोग गरेपछि विरोध भएको हो ।

सरकारले ‘म मरे डुमै राजा’ भन्ने जसरी बजेट विनियोजन गरेको टिप्पणी गरेपछि विरोध भएको हो । सांसद घिमिरेको यस्तो टिप्पणीलाई नकपा एमालेकी सांसद हर्कमाया विश्वकर्माले नियमापत्ति जनाउँदै विरोध प्रकट गरिन् ।

सांसद विश्वकर्माले नियमापत्ति जनाउँदै उक्त शब्दले दलित समुदायलाई अपहेलित गरेको गुनासो गरिन् । उनले त्यसलाई संसद्‍को रेकर्डबाट हटाउन माग गरिन् ।

विश्वकर्माले शब्द फिर्ता लिन माग गरेपछि कांग्रेस सांसद घिमिरेले उखान भन्ने क्रममा प्रयोग भएको शब्द फिर्ता लिएको बताए ।

‘त्यो शब्द फिर्ता लिएँ, उखान भन्ने सिलसिलामा त्यो बोलेको हुँ, फिर्ता लिएँ’, उनले भने ।

घिमिरेले शब्द फिर्ता लिएपछि सभामुखले विश्वकर्मालाई सिटमा बस्न आग्रह गरे। घिमिरेले बोलेको उक्त शब्दलाई संसद्‍को रेकर्डबाट पनि हटाइने भएको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ३ : ५९ बजे

ओली-देउवा गठबन्धनका ४ जोखिम

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीले सपथ खाएर कार्यभार सम्हालेकै दिन ‘नयाँ

भारतमा थोक मुद्रास्फीति बढ्यो

नयाँदिल्ली– अखिल भारतीय थोक मूल्य सूचकांक (डब्लुपिआई) मा आधारित मुद्रास्फितिको

पत्रकारिता छाडेर राजनीतिमा होमिएका लेखकलाई गृहको कमान्ड

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेबीच असार १७ गते मध्यराति

राजश्व संकलन वृद्धि गर्दै ढोरपाटन सिकार आरक्ष

काठमाडौं– ढोरपाटन सिकार आरक्षमा पछिल्लो समय राजश्व संकलनमा वृद्धि हुँदै

पुरानो ऐन विद्यालय शिक्षाका लागि बाधक छ, नयाँ निर्माणलाई प्राथमिकता दिन्छु : मन्त्री भट्टराई

काठमाडौं  – नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले