जब संसद्‍मा कांग्रेस सांसदले दलित समुदायलाई होच्याउने शब्द प्रयोग गरे… « Khabarhub

जब संसद्‍मा कांग्रेस सांसदले दलित समुदायलाई होच्याउने शब्द प्रयोग गरे…


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले बोलेको एउटा वाक्यलाई लिएर विरोध भएको छ ।

प्रतिनिधिसभाको बैठकमा बजेटमाथि विभिन्न मन्त्रालयगत छलफलमा भाग लिने क्रममा घिमिरेले कुनै एक जातिलक्षित उखान प्रयोग गरेपछि विरोध भएको हो ।

सरकारले ‘म मरे डुमै राजा’ भन्ने जसरी बजेट विनियोजन गरेको टिप्पणी गरेपछि विरोध भएको हो । सांसद घिमिरेको यस्तो टिप्पणीलाई नकपा एमालेकी सांसद हर्कमाया विश्वकर्माले नियमापत्ति जनाउँदै विरोध प्रकट गरिन् ।

सांसद विश्वकर्माले नियमापत्ति जनाउँदै उक्त शब्दले दलित समुदायलाई अपहेलित गरेको गुनासो गरिन् । उनले त्यसलाई संसद्‍को रेकर्डबाट हटाउन माग गरिन् ।

विश्वकर्माले शब्द फिर्ता लिन माग गरेपछि कांग्रेस सांसद घिमिरेले उखान भन्ने क्रममा प्रयोग भएको शब्द फिर्ता लिएको बताए ।

‘त्यो शब्द फिर्ता लिएँ, उखान भन्ने सिलसिलामा त्यो बोलेको हुँ, फिर्ता लिएँ’, उनले भने ।

घिमिरेले शब्द फिर्ता लिएपछि सभामुखले विश्वकर्मालाई सिटमा बस्न आग्रह गरे। घिमिरेले बोलेको उक्त शब्दलाई संसद्‍को रेकर्डबाट पनि हटाइने भएको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ३ : ५९ बजे

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन

तिब्बती शरणार्थीका नाममा गैरकानुनी ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा सहसचिव पक्राउ

काठमाडौँ – तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६