सुदूरपश्चिम प्रदेश:  बजेटले सबै क्षेत्रलाई समेटेको दाबी | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेश:  बजेटले सबै क्षेत्रलाई समेटेको दाबी


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले सबै क्षेत्रलाई समेटेको दाबी गरेको छ । मन्त्रालयले आगामी आवको बजेट विगतका बजेटभन्दा उपयुक्त र सकारात्मक रहेको दाबी गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको अनुमान (बजेट) वक्तव्य सम्बन्धी छलफल गर्न मन्त्रालयले आज धनगढीमा आयोजना पत्रकार सम्मेलनमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले समयको अभावबीच फरक ढङ्गले बजेट ल्याइएको बताए । ‘बजेटमा सबै क्षेत्रलाई समेटिएका छन् । सन्तुलित हिसाबले आवश्यकताका आधारमा बजेट विनियोजन भएकाले विगत वर्षका तुलनामा सकारात्मक छ’, उनले भने, ‘बजेटमा विभिन्न कार्यक्रममार्फत जनजीविकाका विषय समेटेका छौँ ।’

आगामी आवको बजेटमा व्यक्तिगत फर्ममा बजेट नराखिएको मन्त्री पालले बताए । बजेट खर्च कम हुने प्रवृत्तिलाई हटाउन आगामी आवको साउनदेखि नै बजेट कार्यान्वयन प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।

मन्त्री पालले शनिबार प्रदेशसभामा रु ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेटअनुसार चालुतर्फ रु ११ अर्ब सात करोड १९ लाख, पुँजीगततर्फ रु १७ अर्ब ५३ करोड आठ लाख र अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ रु दुई अर्ब ९२ करोड ७० लाख विनियोजन गरिएको थियो ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ४ : १७ बजे

१०० रुपैयाँ पर्ने सामान १० महिनामा २ रुपैयाँ ७७ पैसाले बढ्यो

काठमाडौं– १० महिनाअघि १०० रुपैयाँ पर्ने सामानको मूल्य बढेर १०२

कोशीबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन

काठमाडौं– नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही जेठ

गर्मी चर्किएसँगै बढ्न थाल्यो पङ्खाको बिक्री (तस्बिरहरू)

काठमाडौं– गर्मी बढेसँगै काठमाडौंको असन, महाबौद्धस्थित पसलहरूमा पङ्खा (फ्यान) को

१० महिनामा ५८ अर्ब ४३ करोड बराबरको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२को १० महिना अर्थात् वैशाख मसान्तसम्मा

समाजवादी क्रान्ति नयाँ चरणमा लैजान्छौँ : अध्यक्ष प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’