अति आवश्यक सामान ल्याउँदा एसएसबीको ज्यादती, छोटी भन्सार सञ्चालन नहुँदा समस्या | Khabarhub Khabarhub

अति आवश्यक सामान ल्याउँदा एसएसबीको ज्यादती, छोटी भन्सार सञ्चालन नहुँदा समस्या


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

रौतहट– सीमावर्ती भारतीय बजारबाट अति आवश्यक सामान ल्याउँदा पनि भारतीय सीमा सुरक्षा बल एसएसबीले ज्यादतीपूर्ण व्यवहार गर्ने गरेको रौतहट स्थित सीमावासीले गुनासो गरेका छन् ।

विवाह, चाड पर्व लगायत विभिन्न धार्मिक अनुष्ठानको लागी समेत भारतीय बजारबाट सामान ल्याउँदा एसएसबीले दुर्व्यवहार गर्ने गरेको उनीहरूले गुनासो गरेका हुन् ।

बौधिमाई नगरपालिका ७ बंकुल बजार छेउ सानो सीमा स्तम्भ ३५५/७ नजिकै आँपको बगैंचामा सशस्त्र प्रहरी ११ नम्बर हेक्का रौतहटद्वारा आयोजित “सीमावासी सँग सशस्त्र प्रहरी” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीयहरूले आफ्नो पीडा सँगै  सुझाव राखेका छन् ।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँको प्रमुख आतिथ्य तथा बौधिमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवको विशिष्ट आतिथ्य तथा परोहा नगरपालिकाका जनप्रतिनिधि सम्मिलित भएको कार्यक्रममा भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु, कृषिजन्य बीउ बिजन, मलखाद ल्याउँदा एसएसबिले विभिन्न कारण देखाएर गर्ने हैरानी प्रति सहभागीहरूले ध्यानाकर्षण गराएका थिए।

तत्कालीन विद्रोही माओवादी र सरकार बिच भएको १० बर्षे सशस्त्र द्वन्दको समय सुरक्षाको कारण देखाई बन्द भएको बंकुलमा स्थित छोटी भन्सार हालसम्म सञ्चालन नहुँदा स्थानीय व्यापारी देखि सर्वसाधारण सीमावासीले सास्ती खेप्नुपरेको हुँदा सञ्चालनको लागि सहभागीहरूले पहल गरिदिन आग्रह गरेका थिए।

त्यस्तै हाल बर्सात तथा मनसुनको समय आउनै लागेकाले हुनसक्ने बाढीबाट उत्पन्न हुने जोखिमबाट बच्ने उपाय,सीमा सुरक्षा अपराध न्यूनीकरण बारे स्थानीयहरूले प्रश्न उठाएका थिए।

सीमासँग जोडिएको पालिकाका बासिन्दाले उत्पादन गरेको कृषिजन्य वस्तु जिल्ला भित्र एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा हुने गरेको विभिन्न किसिमका हैरानीको अन्त हुनुपर्ने, सीमा क्षेत्रमा आवतजावत गर्न  वारपार हुने सवारीसाधनको व्यवस्थापनको लागि माग गरेका थिए।

सीमावासीले राखेको विभिन्न समस्याहरूको समाधान बारे मेयर प्रदीप कुमार यादव र सीमाको महत्त्व सुरक्षा बारे उठेको प्रश्नको  सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईँले जवाफ दिएका थिए ।

कार्यक्रममा सुरक्षा अधिकारी, जनप्रतिनिधि सीमा सहजीकरण समितिका पदाधिकारी तथा बौधिमाई र परोहा नगरपालिकाका स्थानीय बासिन्दा गरी १५० भन्दा बढी मानिसको सहभागिता रहेको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ।

सशस्त्र प्रहरी बल रौतहटका एसपी हुमागाईँको सक्रियतामा रौतहटमा सीमावासीको समस्या उजागर सँगै समाधान गर्ने पटक पटक पहल तथा प्रयास हुँदै आएको स्थानीयहरूले बताएका छन् ।

एजेन्सिबाट साभार 

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ६ : २३ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असार १२ गते बुधबार सन्

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असार १२ गते बुधबार तदनुसार

आज २०८१ साल असार १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार १२ गते बुधबार तदनुसार

गाजामा हरेक दिन १० बालबालिकाले औसतमा एक वा दुई खुट्टा गुमाउँदै

एजेन्सी– प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सीका प्रमुखले गाजामा घेरामा

झलनाथको सर्पपालनः मधेशका तत्कालीन अर्थमन्त्रीसहित ५ जना भ्रष्टाचारी ठहर

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का ‘सम्मानित नेता’ झलनाथ खनालको नाममा