गङ्गादशहरा पर्वका अवसरमा बेहडाबाबा मन्दिरमा मेला « Khabarhub

गङ्गादशहरा पर्वका अवसरमा बेहडाबाबा मन्दिरमा मेला


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कैलाली – धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा गङ्गादशहरा पर्वका अवसरमा लाग्ने धार्मिक मेला आजबाट सुरु भएको छ ।

धार्मिक महत्व बोकेको उक्त मन्दिरमा पूजाआजाका लागि विभिन्न स्थानबाट आएका दर्शनार्थीको भीडभाड रहेको बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।

गङ्गाशहरा मेलाको दर्शन तथा पूजाआजाका लागि यहाँका स्थानीय मात्र नभई छिमेकी मुलक भारतबाट लाखौँको सङ्ख्यामा भक्तजन तथा दर्शनार्थीहरू यहाँ आएका अध्यक्ष जोशीले बताए ।

बेहडाबाबा मन्दिरको दर्शनले मनमा शान्ति एवम् इच्छाएको कुरा पुग्ने जनआस्थाअनुसार यहाँ प्रत्येक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलीभित, उत्तराखण्डलगायतका विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन् ।

मेलादर्शन तथा पूजाका लागि आउने भक्तजनका लागि मन्दिरका चारै ढोका खुला गरिएका छन् । भक्तजनहरुका लागि महाभण्डारा चलाइनुका साथै निःशुल्क खाना र पानीको व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । मेला भर्न १० देखि १५ लाखको दर्शनार्थी यहाँ आउने आयोजकको अनुमान छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ७ : २० बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले