डेब्यू कलाकार : निश्चलले देखाए सम्भावना, सुपाला र प्रशन अब्बल बालकलाकार | Khabarhub Khabarhub

डेब्यू कलाकार : निश्चलले देखाए सम्भावना, सुपाला र प्रशन अब्बल बालकलाकार


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वि.सं. २०८१ को सुरुवाती २ महिना नेपाली फिल्मका लागि सुखद मानियो । यस अवधिमा प्रदर्शनमा आएका ७ फिल्मले लगानी सुरक्षित गरे, तीमध्ये केहीले राम्रै मुनाफा पनि कमाए ।

वैशाख १४ गतेबाट प्रदर्शनमा आएको ‘बोक्सीको घर’ले ५१ दिन मनायो । यही फिल्मबाट केकी अधिकारीले लामो समयपछि हिट फिल्मको खडेरी तोडिन् ।

निर्माताका रुपमा पहिलो फिल्मको असफतलाई उनले पूर्णविराम लगाइन् । यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका सुलक्षण भारतीले आफूलाई पहिलो कामबाटै सफल सावित गरे ।

२०८१ को सुरुवातका फिल्म प्रदर्शनपछि तीन डेब्यू कलाकार चर्चामा रहे । ती हुन्– नीति शाह, गरिमा शर्मा र निश्चल खड्का ।

नायिकाहरूको कुरा गर्दा यही अवधिभित्र मोडल नीति शाह र गरिमा शर्माले फिचर फिल्ममा डेब्यू गरे । वैशाख २८ मा प्रदर्शनमा आएको ‘खजुरे ब्रो’बाट नीति र गरिमाले जेठ २५ बाट प्रदर्शन भएको ‘लण्डन टू पेरिस’बाट डेब्यू गरे ।

‘खजुरे ब्रो’मा एक मात्रै स्टार कलाकार थिइन्– नीति । यस अर्थमा हिट बनाउनुपर्ने जिम्मेवारी उनकै काँधमा थियो, तर फिल्म असफल भयो । फिल्ममा उनको भूमिका सहायक जस्तो देखियो । उनको अभिनयले पनि दर्शकको मन जितेन । ‘कमजोर कथा भएको फिल्मबाट डेब्यू गर्नु नै नीतिको भूल भयो’, भन्ने प्रतिक्रिया पनि आयो ।

त्यस्तै, अर्की नायिका गरिमा शर्माको पनि डेब्यू फिल्म सुखद बनेन । उनको अनुहार फिल्मका लागि नयाँ भए पनि दर्शकका लागि नयाँ थिएन । उनी म्युजिक भिडियोमा चर्चित मोडल हुन् ।

गरिमाले स्टार नायिका साम्राज्ञी शाहसँग सहकार्य गरेकी थिइन् । साम्राज्ञीको स्टारडमले फिल्मका नवकलाकारलाई सहयोग पुग्ने अनुमान थियो । तर गरिमाका हकमा त्यो भएन ।

गरिमाको फिल्म ‘लन्डन टू पेरिस’को कथा नै कमजोर थियो, उनको भूमिका पनि सशक्त थिएन । नायिकाका रुपमा साम्राज्ञी नै हावी भइन् ।

दर्शकका लागि उनको अभिनय यादगार बनेन । दर्शकले नायिकाका रुपमा स्वीकार्न उनले अर्को फिल्ममा मिहिनेत गर्नुपर्ने देखिन्छ ।

यही फिल्मबाट डेब्यू गरेका नायक निश्चल खड्कालाई भने केही फाइदा पुग्ने देखिएको छ । उनले अभिनयमार्फत् केही आशा जगाएका छन् । उनको प्रदर्शन यस फिल्ममा निखारिएका कलाकारको जस्तै देखियो ।

साम्राज्ञी र गरिमा जस्ता अनुहार चिनेका नायिकासँग रोमान्सले उनलाई ‘एक्सपोजर’ मिलेको छ । कमजोर संवादका बावजुद उनले कलाकारका रुपमा गरेको मिहिनेत पर्दामा देखिन्छ ।

निश्चलको दाबीअनुसार यस फिल्मबाट मिलेको एक्पोजरले नयाँ मेकर ठोक्किने क्रम बढ्दो छ । भन्छन्, ‘फिल्मपछि मलाई लिन नयाँ मेकरहरु आइरहनु भएको छ । राम्रा स्क्रिप्ट पनि आएका छन् । तत्काल सम्झौता गरेको छैन ।’

 

अब्बल सावित बालकलाकार

फिल्म ‘बोस्सीको घर’ र ‘गाउँ आएका बाटो’मा दुई बालकलाकारले डेब्यू गरे । ‘बोक्सीको घर’मा सुपला सापकोटा र ‘गाउँ आएका बाटो’मा प्रशन राई प्रमुख भूमिकामा छन् ।

सुपला र प्रशन दुवै आ–आफ्ना फिल्मका मेरुदण्ड हुन् । उनीहरुकै वरपर कथा घुमेको छ । यी दुवैले अभिनयमार्फत् दर्शकको मन जितेका छन् ।

बोक्सीको घर प्रदर्शनमा आएपछि बढी प्रशंसा पाउने कलाकार सुपला हुन् । हलको साक्षात्कारमा सुपलाले दर्शकबाट खुलेरै अभिनयको तारिफ पाइन् ।

उक्त फिल्मपछि उनलाई अनुबन्धका लागि मेकरहरुले तीव्र इच्छा देखाएका छन् । उनका बुवा कलाकार भोलाराज सापकोटाकाअनुसार पढाइ प्रभावित हुने भएकाले फिल्ममा अनुबन्ध भएकी छैनन् ।

भोलाराज भन्छन्, ‘प्रस्ताव आएका छन् । नानी स्कुल पढ्दै छ, पढाइ बिग्रिन दिनु भएन । समय नभएकाले थुप्रै फिल्म अस्वीकार गर्नु परेको छ ।’

त्यस्तै, ‘गाउँ आएको बाटो’मा बन्द्रमानको भूमिका निर्वाह गरेका प्रशन्नको अभिनय क्षमतामा खोट लगाउने ठाउँ छैन । सबैभन्दा ठूलो कुरा उनले दर्शकको मन जिते ।
उनले दोस्रो फिल्म ‘आँखा’मा पनि अभिनय गरिसकेका छन् । दशैंअगाडि नै यो फिल्म प्रदर्शनमा आउने तयारीमा छ । उनी पनि पढाइकै कारण अर्को फिल्ममा जोडिन भ्याएका छैनन् ।

प्रशनबारे अभिनेतृ पशुपति राई भन्छिन्, ‘उसको अभिनयको चर्चा राम्रो भएको छ । नयाँ फिल्मको अफर आइरहेको छ । तर पढाइले गर्दा समय निकाल्न गाह्रो छ ।’

पारिवारिक समस्याले उनी ‘गाउँ आएको बाटो’को टिमकै संरक्षणमा काठमाडौंमा पढ्छन् । उनी अभिनेतृ पशुपतिसँग बढी निटक छन् ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ७ : ५२ बजे

युरोकपमा फ्रान्स र पोल्याण्डले खेले बराबरी

काठमाडौ– युरोकप फुटबलको समूह डीमा रहेका फ्रान्स र पोल्याण्डले बराबरी

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युरोकप २०२४ : अष्ट्रिया अन्तिम १६ मा

काठमाडौं– युरोकप फुटबलमा अष्ट्रिया प्रि–क्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असार १२ गते बुधबार सन्

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असार १२ गते बुधबार तदनुसार