नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा « Khabarhub

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको भावनालाई ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा आज यहाँ आयोजित ‘बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समीक्षा’ विषयक संवाद गोष्ठीमा उनले देशको भूगोललाई ध्यानमा राखेर सबैलाई सम्बोधन गर्नेगरी योजना बनाउनुपर्नेमा जोड दिए ।

“बजेटको सन्दर्भमा धेरै साथीहरूले सकारात्मक कुरा गर्नुभएको छ, कांग्रेसको आर्थिक नीति कस्तो हुने र नेपालको आर्थिक विकास कसरी हुने भन्ने विषयमा छलफल जरूरी छ । बिपी कोइरालाले पनि गाउँकै कुरा गर्नुभएको थियो, हाल गाउँ सिद्धिने अवस्थामा छन् । धेरैजसो पहाडबाट तराई(मधेस पसी सके, बाँकीलाई रोक्न ध्यान दिनुपर्ने छ”, सभापति देउवाले भने ।

उनले जलवायु परिवर्तनले समुद्री तह बढेको र हिमालहरू पग्लिएर नाङ्गो भइसकेको अवस्थामा यसलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिए। “जलवायु परिवर्तनले नेपाल सबैभन्दा बढी पीडित भएको छ, यद्यपि हामीले वनजङ्गल बचाउन सकेको छौँ, तर पनि हिमाल बचाउन सक्ने अवस्था छैन । हामीले चाहेर मात्रै पनि हुँदैन, जलवायु परिवर्तनको असरबाट नेपाललाई बचाउनुपर्छ, यसबारे संसारभर आवाज उठाउनुपर्छ”, पूर्वप्रधानमन्त्री देउवाको भनाइ थियो ।

पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिले प्रदेश र स्थानीय तहसँग पुँजीगत खर्च बढाउने क्षमता भएको भन्दै प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । उनले कृषिमा आधारित उद्योग र कृषिको उत्पादकत्व बढ्नेगरी अर्थ व्यवस्थाको विकास अहिलेको आवश्यकता भएको बताए ।

पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले समयसापेक्ष र रोजगारी प्रदान गर्नेखालको शिक्षा र सीप आवश्यक रहेको धारणा राखिन् । उनले कांग्रेसले ल्याएको निजीकरणको उदारवादी अर्थ व्यवस्थाले औद्योगिक वातावरण बनाएको भन्दै अब कृषिमा आधारित उत्पादनमूलक उद्योगमा प्रोत्साहित गर्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ९ : ०० बजे

महिलामैत्री कार्यक्रमले बदलिँदै वीरेन्द्रनगर

सुर्खेत– तीन वर्षअघिसम्म वीरेन्द्रनगर नगरपालिका–७ की ६६ वर्षीया मन्धरी नेपालीका

गणेश नेपाली प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं- त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरू

डोको बोकेर नायिका सिम्रन वसन्तपुरमा

काठमाडौं – नायिका सिम्रन खड्का अहिले चर्चामा छिन् । उनको

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते