कांग्रेस नेता विष्टको ‘व्याधि र विजय’ पुस्तक सार्वजनिक « Khabarhub

कांग्रेस नेता विष्टको ‘व्याधि र विजय’ पुस्तक सार्वजनिक


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कालीकोट – नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टको ‘व्याधी र विजय’ नामक पुस्तक विमोचन गरिएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कोभिड–१९ को सङ्क्रमणबाट ग्रस्त भएर एक वर्ष लामो उपचारपछि निको भएका सचेतक विष्टका भोगाइ समेटिएको पुस्तक विमोचन गरेका हुन् ।

त्यसअवसरमा उपसभापति खड्काले एउटा कालखण्डका जीवनभोगाइ भावी पुस्तासम्म लैजान पुस्तक उपयोगी हुने बताए ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘मान्छे मिति नपुञ्जेल न जन्मिछ न मर्छ’ भनेको कुरा स्मरण गर्दै उपसभापति खड्काले धेरै नेपालीले कोभिड १९ महामारी र सशस्त्र द्वन्द्वका बेला यी विषय नजिकबाट अनुभव गरेका धारणा राखे ।

लेखक विष्टले कोभिड सङ्क्रमणपछि आफूले जीवन र पीडालाई नजिकबाट हेरेको सुनाउनुभयो । ‘त्यस व्याधिले वर्षभरी थलिए ।

‘फोक्सो र टिभी (क्षयरोग)बाट सञ्चो हुन निकै लामो समय लाग्यो, त्यो समयले धेरै कुरा सिकाएको छ’, विष्टले भने, ‘फेरि गत चुनावमा टिकट पाएकै बेला डेङ्गी रोगले समात्यो । तिनै अनुभूति, सहानुभूति र समानुभूति पुस्तकमा समेटेको छु ।’

यसअघि विष्टले द्वन्द्व दरार (२०६७) र जय पराजय (२०७७) प्रकाशन गरेका थिए ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ७ : ५१ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन