चितवनमा पर्यावरणीय प्रभावसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने « Khabarhub

चितवनमा पर्यावरणीय प्रभावसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन – विश्वका कृषि र प्रविधि क्षेत्रका विज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालयले कृषि व्यवसाय र प्रबिधिमा पर्यावरणीय प्रभाव विषयक सम्मेलन यही असार ४ र ५ गते रामपुरमा गर्न लागेको जनाएको हो ।

अनुसन्धान निर्देशक डा ऋषिराम कट्टेलले सम्मेलनमा नेपाल, भारत, अमेरिका, इन्डोनेसीया, चीन र अष्ट्रेलियाका विज्ञ, प्रध्यापक र विद्यार्थीहरूको सहभागिता रहने जानकारी दिए।

सम्मेलनमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यराज रेग्मी, योजना आयोगका शिक्षा हेर्नुहुने सदस्य डा रमेशचन्द पौडेल, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिब डा राजेन्द्रप्रसाद मिश्र, नाष्टका सचिब डा रविन्द्र ढकाललगातत नेपालका कृषिसँग सम्बन्धित विश्वविद्यालय र सङ्घ संस्थाका विज्ञ, प्रध्यापक र विद्यार्थीको उपस्थिति रहने छ ।

यस्तै भारतको महात्मागान्धि चित्रकुट विश्वविद्यालयका डिन डा डिपि राई, आइसिएआर कानपुरका निर्देशक डा सन्तकुमार दुवेलगायत भारतका विभिन्न विश्वविद्यालय र संस्थाबाट एक सय जना प्रतिनिधि सम्मेलनमा सहभागी हुने उनले जानकारी दिए ।

अमेरिका, इन्डोनेसीया, चीन, अष्ट्रेलियाबाट विज्ञ, प्रध्यापक र विद्यार्थीसमेतको उपस्थिति रहने सम्मेलनमा एक सयभन्दा बढी विभिन्न विषयका कार्यपत्र प्रस्तुतीकरण र समूहगत छलफल गरिने जनाइएको छ । यसैगरी कृषि व्यवसाय र प्रविधिमा पर्यावरणीय प्रभावका विषयमा समेत छलफल हुनेछ ।

कृषि विश्वविद्यालयको स्थापना तथा भरतपुर भ्रमण वर्षको सन्दर्भमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्न लागिएको र सम्मेलनमा तीन सय जनाको सहभागिता रहने अनुसन्धान निर्देशक डा कट्टेलले जानकारी दिए ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ८ : ३१ बजे

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी