टरुवा ताल संरक्षणमा जुटे स्थानीय « Khabarhub

टरुवा ताल संरक्षणमा जुटे स्थानीय


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका स्थानीय टरुवा ताल संरक्षणका लागि जुटेका छन् ।

ताललाई जलकुम्भीसहित झारले ढपक्क ढाकेर चौरजस्तै बन्न थालेपछि आफूहरू सरसफाइसहित संरक्षणमा जुटेको ताल संरक्षण तथा सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम सापकोटाले बताए ।

सरसफाइ नहुँदा तालको अस्तित्व नै सङ्कटमा पर्न थालेकाले यसको सरसफाइमा जुटेको उनले बताए। ‘यो जिल्लाकै महत्वपूर्ण ताल हो तर संरक्षण हुन नसक्दा सङ्कटमा पर्दै गएकाले स्थानीयको सक्रियतामा ताल सफा गर्ने अभियान सञ्चालन गरेका छौँ’, अध्यक्ष सापकोटाले भने।

दैनिक रूपमा स्थानीयको सक्रियतामा तालभित्र रहेको जलकुम्भी झार हटाउने काम भएको उनले बताए । पानी भएको स्थानको जलकुम्भी हटाउने काम करिब सकिएको र जेसिबीको सहायताले छेउछाउमा सफा गर्नुपर्ने देखिएको उनले बताए ।

कावासोती नगरपालिका वडा नम्बर ७ र ८ मा फैलिएको ताल पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको नवलपुर होटल व्यवसायी सङ्घका अध्यक्ष एवं स्थानीय सन्तोष रानाले बताए । दिगोरूपमा संरक्षणको योजना बनाएर अघि बढ्न सके टरुवा ताल जिल्लाकै महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्ने उनको भनाइ छ ।

‘बजार क्षेत्रबाट नजिक रहेको र पानीको पर्याप्त स्रोत भएको हुँदा यसको दिगोरूपमा संरक्षणको योजना बनाउँदै अघि बढ्न आवश्यक छ । त्यसो गरेमा आर्थिक विकाससमेत टेवा पुग्नेछ’, रानाले भने।

हालको कावासोती बजार स्थापनामा टरुवा ताल जोडिन्छ । बजार क्षेत्र मानिने कावासोती वडा नं २, ३ र ८ मा तत्कालीन बस्ती विकासको समयमा खानेपानीको उपलब्धता नहुँदा यही तालको पानीले स्थानीयले आवश्यकता परिपूर्ति गर्ने गर्दथे ।

सोही तालको मुहानबाट पानी ल्याएर यहाँका बासिन्दाले पिउने, गाईवस्तुलाई खुवाउनदेखि घर निर्माणका कार्यमा प्रयोग गर्ने गर्दथे । करिब ३ दशमलव ५२ हेक्टर क्षेत्रफलमा ताल फैलिएको छ ।

टरुवा तालसँगै हरियाली वातावरण, नजिकै रहेको नर्मदेश्वर महादेव मन्दिर, ताल परिसरसँगै जोडिएको गुम्बा आफैँमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र छन् । यसलाई जोडेर एकीकृत रूपमा विकास गर्न सके जिल्लाकै सुन्दर पर्यटकीय गन्तव्य बन्ने अध्यक्ष रानाले बताए।

दुई वडामा फैलिएकाले संरक्षण कसले गर्ने भन्ने अन्योलता छ । ताल संरक्षणका लागि भनेर विभिन्न समिति निर्माण भएका छन् तर ती समितिले एकीकृत कार्ययोजना निर्माण नगर्दा संरक्षणमा नै चुनौती थपिएको यहाँका स्थानीयको बुझाइरहेको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १० : ४० बजे

कांग्रेस अनुशासन समिति पुनर्गठन, तारामान गुरुङ संयोजक

 काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ।  पार्टी

इजलासमा हुल हुज्जत गरेपछि रोशनी बादी पक्राउ

काठमाडौं – फिल्म ‘लालीबजार’ प्रदर्शनको रोक्न माग राखी सर्वोच्च अदालतमा

देउवा पक्षीय कांग्रेस बागमती भेला : वृहत एकता र पुनर्जागरणको आह्वान

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय देउवा पक्षीय भेलाले पार्टीभित्र वृहत

आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले दिए राजीनामा

काठमाडौं– नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले पदबाट राजीनामा

राजा चार्ल्सको सम्बोधनमा स्टार्मरको परीक्षा

एजेन्सी– बेलायतका राजा चार्ल्स तृतीयले आगामी वर्षका लागि सरकारको कानूनी