आज २०८१ साल साउन १ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल साउन १ गते मंगलबारको राशिफल


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन १ गते मंगलबार तदनुसार सन् २०२४ जुलाई १६ तारिख। असार शुक्ल पक्षको दशमी तिथि। कर्कट सङ्क्रान्ति, लुतो फाल्ने दिन, थारु गुरिया पर्वसँगै दक्षिणायन आरम्भ जस्ता विशेष पर्व र अवसर परेका छन्। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन रमाइलो छ। मनमा काम गर्ने उत्साह बढ्नेछ। मनोरञ्जनमा सहभागी हुने अवसर मिल्नेछ। साथी र बन्धुको सहयोग मिल्नेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : अफ्ना मान्छेले सहयोग गर्नेछन्। जग्गा जमिनको कारोबारमा फाइदा हुनेछ। शुभ खबरले मन खुशी हुनेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ।

मिथुन : समाजबाट सम्मान प्राप्त हुनेछ। दैनिक काममा सहजता मिल्नेछ। सामाजिक क्षेत्रमा सफलता हात पर्ने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।
श्रमको उचित मूल्यांकन हुनेछ।

कर्कट : दिन सामान्य छ। दैनिकीमा समस्या हुनसक्छ। आफू कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्तीले सताउने योग छ। गोपनीयता भंग हुँदा झन्झट भोग्नुपर्ने हुनसक्छ।

सिंह : सामाजिक प्रतिष्ठा कमाउने समय छ। ठुलो कामको सुरुवात हुनेछ। परिवारबाट सन्तोष प्राप्त हुनेछ।क्षमता देखाएर अरुलाई प्रभावित पार्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : आकर्षक बन्न मन लाग्नेछ। यात्राको योग छ। विशेष गरेर धार्मिक यात्रामा निस्कने अवसर मिल्नसक्छ। नयाँ योजना बन्नेछ। साहित्यिक सिर्जनामा मन जानेछ।
ठुलो लगानी भने नगर्नु राम्रो हुन्छ।

तुला : समाजसेवाको अवसर मिल्नेछ। परोपकारमा मन जाने दिन छ। न्यायको क्षेत्रमा सफलता मिल्नेछ। न्याय मिल्ने छ। साथीको सहयोग प्राप्त हुनेछ।

वृश्चिक : मन अशान्त हुने योग छ। लगानीमध्ये जग्गाको कारोबारबाट फाइदा हुनेछ। धेरै समस्या एकसाथ आइपुग्ने भएकाले सचेत र धैर्य हुनु राम्रो हुन्छ। राजनीतिक क्षेत्रमा हौसला बढ्नेछ।

धनु : विश्वास गरेका पात्रले साथ दिनेछन्। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। शिक्षामा गरेको लगानीले तपाईंलाई उत्साह थप्नेछ। अधुरो काम बन्नेछ। लगानीका लागि हिम्मत गर्नुपर्ने देखिन्छ।

मकर : सामान्य सहयोग ठुलो बन्नेछ। गुरुबाट उचित सल्लाह प्राप्त नहुँदा मनमा खटपटी बढ्नेछ। वैदेशिक लगानीमा ठग सक्रिय भएकाले सचेत बन्नु राम्रो हुन्छ। अहिले ठुलो लगानी गर्दै नगर्नु उचित हुन्छ।

कुम्भ : मन उदास बन्नेछ। व्यवारहारमा झन्झट बढ्नेछ। आफन्तले गलत सुझाव दिने देखिन्छ। धार्मिक कार्यमा संलग्न हुँदा मन खुशी हुनेछ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : मन अशान्त हुनेछ। झुटा आरोपको सामना गर्नुपर्ने दिन छ। नसोचेको ठाउँमा खर्च हुनेछ। ठुला र बौद्धिक व्यक्तिको सल्लाह अनुसार अगाडि बढ्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ५ : ११ बजे

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित