गंगालाल हृदय केन्द्रलाई पाँचसय शय्याको बनाउने मन्त्री पौडेलको प्रतिवद्धता « Khabarhub

गंगालाल हृदय केन्द्रलाई पाँचसय शय्याको बनाउने मन्त्री पौडेलको प्रतिवद्धता


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई पाँच सय शय्यामा विस्तार गर्ने गुरु योजना रहेको बताएका छन् ।

स्वास्थ्यमन्त्रीमा नियुक्त भए लगत्तै केन्द्रको अनुगमनमा पुगेका पौडेलले अस्पतालका कार्यकारी निर्देशक तथा कर्मचारीहरुसँगको छलफलका क्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्री पौडेलले अघिल्लो सरकारको नीति तथा कार्यक्रममा समावेश भए अनुसार केन्द्रलाई प्रतिष्ठानमा स्तरोन्नति गर्ने योजनालाई कार्यान्वयनमा लैजाने समेत बताए ।

यस्तै उनले अन्य ६ वटा प्रदेशमा समेत हृदय केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताए ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सांसद पौडेल पहिलो पटक सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त भएका हुन् ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ११ : ५९ बजे

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित