दुई बस त्रिशूलीमा खसेको ५ दिनपछि सिमलताल पुगे रवि लामिछाने « Khabarhub

दुई बस त्रिशूलीमा खसेको ५ दिनपछि सिमलताल पुगे रवि लामिछाने


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने गत शुक्रबार पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा खसालेको सिमलतालमा ५ दिनपछि पुगेका छन् ।

निवर्तमान गृहमन्त्रीसमेत रहेका उनी सरकारबाट बिदा भएपछि भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित दुर्घटनास्थल पुगेर अवलोकन गरेका हुन् ।

उनी गृहमन्त्रीमा बहाल रहेकै बेला गत शुक्रबार बिहान ३ बजे पहिरोले दुईवटा बस बगाउँदा कम्तीमा पनि ६० जना यात्रु बेपत्ता भएका थिए ।

गृहमन्त्री रहेका बेला उनले उद्धारमा तीव्रता दिन निर्देश दिएका थिए । गृहमन्त्रीबाट हटेलगत्तै उनी सिमलताल पुगेर बेपत्ताका आफन्तलाई पनि भेटेका हुन् ।

चितवन क्षेत्र नम्बर २ का सांसदसमेत रहेका उनी त्यति ठूलो घटनापछि उनी सिमलताल नपुगेको भन्दै आलोचना भइरहेको थियो ।

लामिछाने मंगलबार बिहान सिमलताल पुगेर घटना विवरण र उद्धारको प्रगतिबारे जानकारी लिएको उनको सचिवालयले जानकारी दिएको छ । दुईवटा बस बगाएको घटनास्थल सिमलताल रविकै निर्वाचन क्षेत्रमा पर्छ ।

गत शुक्रबार बिहान ३ बजेको समयमा काठमाडौंबाट रौतहटको गौर गइरहेको एञ्जल यातायातको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको पहिरोमा सोहोरिएर त्रिशूलीमा खसेको थियो । जुन काउन्टरबाट टिकट काटेर चढेका ४ जना महिला र २३ जना पुरुष थिए ।

पहिरोले सोहोरेर वीरगञ्जबाट काठमाडौं गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको गणपति डिलक्सको बस पनि त्रिशूलीमा खसेको थियो । जसमा ५ महिलासहित ३८ जना यात्रुले काउन्टरबाट टिकट काटेर चढेका थिए ।

पहिरोले सोहोरेर त्रिशूलीमा झारेपछि गणपति डिलक्समा सवार ३ यात्रु भने बाँच्न सफल भएका छन् । बेपत्ता बसमा सवार १५ जना यात्रुको शव घटनास्थलबाट ४० देखि ५० किलोमिटर दक्षिणस्थित नारायणीमा भेटिएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १२ : २७ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले