चीनमा खाद्य असुरक्षा बढ्दै, खेतियोग्य जमिन घट्दै « Khabarhub

चीनमा खाद्य असुरक्षा बढ्दै, खेतियोग्य जमिन घट्दै


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा खाद्य असुरक्षा बढ्दै गएको पाइएको छ । किसानको सङ्ख्या र खेतियोग्य जमिन घट्दै गएपछि चीनमा खाद्य असुरक्षाको जोखिम बढेको हो ।

सन् २००० देखि सन् २०२० सम्म चीनको खाद्य आत्मनिर्भरता दर ९३.६ प्रतिशतबाट घटेर ६५.८ प्रतिशत पुगेको छ । विश्वको कुल खेतियोग्य जमिनको १० प्रतिशत र जलस्रोतको ६ प्रतिशत रहेको चीनमा विश्वको २० प्रतिशत जनसङ्ख्या रहेको छ । 

सन् २०१९ मा गरिएको अध्ययनका क्रममा सन् २०१९ मा अघिल्लो दशकको तुलनामा खेतियोग्य जमिन ६ प्रतिशतले घटेको पाइएको थियो । प्रदूषण र अधिक दोहनका कारण खेतियोग्य जमिनको क्षेत्र घट्दै गएको जानकारहरू बताउँछन् ।

चिनियाँ युवाहरु गाउँ छाडेर शहर जाने प्रवृत्तिका कारण किसानको सङ्ख्यामा पनि कमी आउन थालेको जनाइएको छ । त्यस्तै, चिनियाँ युवापुस्ताले स्वदेशी खाद्यान्नमा खासै विश्वास नगर्ने र आयातित खाद्यान्नमा बढी रुचि राख्ने भएकाले पनि ठूलो परिमाणमा चीनले खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको छ ।

पछिल्लो समय चीनको मध्यम वर्ग मासु, चिनी र प्रशोधित अन्नमा आधारित खानेकुरातर्फ बढी आकर्षित हुने गरेको छ । यसको असर परम्परागत रुपमा चीनमै उत्पादन हुने अन्न र सागसब्जीमा आधारित खानेकुराको उपभोगमा परिरहेको छ । सन् १९९० यता चीनमा मासुको उपभोग तीन गुणाले बढेको छ ।

रुस–युक्रेन युद्ध, आपूर्तिचक्रमा आएको व्यवधान र भूराजनीतिक टकरावका कारणले गर्दा पनि चीनको खाद्यान्न आयातमा चुनौति थपिएको विश्लेषण गरिएको छ ।

चिनियाँ इतिहासमा खाद्यान्नको अभाव र अनिकालको लामो दृष्टान्त पाइन्छ । यस्तो अवस्थाका कारण चीनमा ठूलो सामाजिक र राजनीतिक परिवर्तन आउने गरेको इतिहासमा पाइन्छ । 

पछिल्लो पटक चीनमा सन् १९५८ देखि सन् १९६२ सम्म अनिकालको अवस्था आएको थियो ।सन् २०२२ मा सन् १९८९ यता पहिलो पटक चीनमा खाद्यान्नको अभावका कारण प्रदर्शन भएको थियो ।

स्रोत–एएनआई

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १२ : ५१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको