वैवाहिक करणी मुद्दामा गायक ओडले पाए सफाइ « Khabarhub

वैवाहिक करणी मुद्दामा गायक ओडले पाए सफाइ


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक रवि ओडले वैवाहिक जबरजस्ती करणीको मुद्दामा सफाइ पाएका छन् । श्रीमतीले दायर गरेको मुद्दामा उनले कञ्चनपुर जिल्ला अदालतबाट सफाइ पाएका हुन् ।

अदालतका न्यायाधीश चाणकमणि अर्यालले आइतबार सो मुद्दामा फैसला सुनाएका हुन् । अदालतको वेबसाइटमा अभियोगको दाबी नपुग्ने उल्लेख गरिएको छ । 

गत चैत ४ गते ओडकी श्रीमतीले वैवाहिक जबरजस्ती र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरी कार्यालय झलारीमा उजुरी गरेकी थिइन् । त्यसबेला उनी कामका दौरान विदेशमा थिए । 

विदेशबाट फर्किएर उनले वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । जेठ ३ गते पाँच लाख धरौटी तिरेर उनी थुना बाहिरबाट मुद्दा लड्दै आएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १ : ०८ बजे

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्