‘कन्डकटर’ले चलाएको बसले लियो मोटरसाइकल चालकको ज्यान « Khabarhub

‘कन्डकटर’ले चलाएको बसले लियो मोटरसाइकल चालकको ज्यान


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

बनियानी (झापा)- झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा कमल गाउँपालिका–५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोल पम्पनजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश१–०१–००१ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को१९प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रहरी नायब उपरीक्षक चन्दका अनुसार दुर्घटना गारउने उक्त बस कन्डक्टरले चलाएका थिए । कण्डक्टरले बस चलाउँदा दुर्घटना भएको बयान बसका चालक र सहचालकले दुवैले प्रहरीलाई दिएका छन् ।

मोरङको बेलबारीबाट उक्त बस झापाकै शिवसताक्षी नगरपालिका–६ का २७ वर्षीय कण्डक्टर पुण्य सिटौलाले चलाएर ल्याउने क्रममा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा सुब्बाको दाहिने खुट्टा भाँचिएको थियो । टाउको र छातीमा चोट गम्भीर चोट थियो । उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा सोमबार राति ८ बजे मृत्यु भएको छ ।

प्रहरीले बस चालक इलामको माई नगरपालिका–८ का २२ वर्षीय सागर थुलुङ राई र सहचालक विराटनगर महानगरपालिका–२ का १९ वर्षीय दिपेश दर्जीलाई नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  २ : ०७ बजे

बक्स अफिसको नयाँ दृश्य : नायिका लिड रहेका फिल्मलाई पनि व्यापारिक सफलता

काठमाडौं – ‘कलाकारहरूले अनुहारले हलमा कति दर्शक तान्छ ?’ भन्ने

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

चाडपर्वले आपसी सहिष्णुता र सद्भावको परम्परा कायम राख्छ : कांग्रेस सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चाडपर्वहरूले समाजमा आपसी सम्मान,

विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ

साताको कार्टुन

केही दिनअघि एक प्रतिष्ठित सञ्चार माध्यमको कार्यालयको गेटमा कसैले रक्सीको