दुई खेलमा पराजित नेपाल तेस्रोमा श्रीलंकन टोलीविरूद्ध विजयी | Khabarhub Khabarhub

दुई खेलमा पराजित नेपाल तेस्रोमा श्रीलंकन टोलीविरूद्ध विजयी


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वुमन्स एसिया कप क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलंकामा रहेको नेपालले अभ्यास खेलमा जित निकालेको छ ।

यसअघि लगातार दुई हार व्यहोरेको नेपालले मंगलबार भएको तेस्रो खेलमा एसएल डेभलवमेन्ट स्क्वाडविरुद्ध २ रनको झिनो जित दर्ता गराएको हो ।

नेपालले तेस्रो खेलमा ११३ रनको लक्ष्य पछ्याएको एसएल डेभलवमेन्ट स्क्वाडलाई २० ओभरमा ११० रनमै रोक्न सक्यो ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै ११२ रन बनायो।

नेपालका लागि रुबिना क्षत्रीले ३७ रन र विन्दु रावलले २० रन जोडिन् । एसएल डेभलवमेन्ट स्क्वाडविरूद्ध पहिलो खेलमा ३३ रन र दोस्रो खेलमा ४ विकेटले नतिजा सुम्पिन बाध्य भएको थियो ।

आगामी शुक्रबारदेखि श्रीलंकामै एशिया कप हुँदैछ । जसमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालसँगै भारत, पाकिस्तान र युएई छन्।

नेपालले पहिलो खेल आगामी जुलाई १९ मा यूएईविरुद्ध खेल्ने तालिका छ। दोस्रो खेल पाकिस्तानसँग २१ जुलाई र अन्तिम खेल २३ जुलाईमा भारतसँग खेल्ने तालिका छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ३ : ५४ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि