दुई खेलमा पराजित नेपाल तेस्रोमा श्रीलंकन टोलीविरूद्ध विजयी « Khabarhub

दुई खेलमा पराजित नेपाल तेस्रोमा श्रीलंकन टोलीविरूद्ध विजयी


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वुमन्स एसिया कप क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलंकामा रहेको नेपालले अभ्यास खेलमा जित निकालेको छ ।

यसअघि लगातार दुई हार व्यहोरेको नेपालले मंगलबार भएको तेस्रो खेलमा एसएल डेभलवमेन्ट स्क्वाडविरुद्ध २ रनको झिनो जित दर्ता गराएको हो ।

नेपालले तेस्रो खेलमा ११३ रनको लक्ष्य पछ्याएको एसएल डेभलवमेन्ट स्क्वाडलाई २० ओभरमा ११० रनमै रोक्न सक्यो ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै ११२ रन बनायो।

नेपालका लागि रुबिना क्षत्रीले ३७ रन र विन्दु रावलले २० रन जोडिन् । एसएल डेभलवमेन्ट स्क्वाडविरूद्ध पहिलो खेलमा ३३ रन र दोस्रो खेलमा ४ विकेटले नतिजा सुम्पिन बाध्य भएको थियो ।

आगामी शुक्रबारदेखि श्रीलंकामै एशिया कप हुँदैछ । जसमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालसँगै भारत, पाकिस्तान र युएई छन्।

नेपालले पहिलो खेल आगामी जुलाई १९ मा यूएईविरुद्ध खेल्ने तालिका छ। दोस्रो खेल पाकिस्तानसँग २१ जुलाई र अन्तिम खेल २३ जुलाईमा भारतसँग खेल्ने तालिका छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ३ : ५४ बजे

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र