महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा, राष्ट्रपतिद्वारा स्वीकृत | Khabarhub Khabarhub

महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा, राष्ट्रपतिद्वारा स्वीकृत

रविलाई उन्मुक्ति दिन खोजेको भन्दै भएको थियो आलोचना


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा. पोखरेलले दिएको राजीनामा राष्ट्रपतिले मंगलबार स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सरकारको प्रमुख कानुनी सल्लाहकारका रुपमा रहने महान्यायाधिवक्ता पदबाट पोखरेलको राजीनामासँगै अब प्रधानमन्त्री केपी शर्मा ओलीले आफूअनुकुलको नियुक्त गर्न सक्ने छन् ।

पोखरेललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको सिफारिसमा २०७९ पुस १६ गते महान्यायाधिवक्ता नियुक्त गरिएको थियो ।

उनी खासगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पोखराको स्वर्णिम सहकारीको बचत हिनामिनामा नजोडिएको भन्दै पोखरेलले पत्र नै दिएका थिए । त्यसपछि उनी विवादमा तानिए ।

तत्कालीन सत्तारुढ  गठबन्धनको योजनाअनुसार लामिछानेलाई राहदानी दुरुपयोगसम्बन्धी कसुर र सहकारीको बचत ठगी प्रकरणमा उन्मुक्ति दिन खोजेका थिए ।

तर उनको उक्त निर्णयविरुद्ध अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट हालेका थिए । उक्त रिटबारे दुई न्यायाधीशले निर्णय दिन नसकेपछि अब तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासले निर्णय लिने छ ।

लामिछानेले दुईवटा नागरिकता लिएको स्वीकार गरे पनि उनीविरुद्ध मुद्दा नचल्ने निर्णय पोखरेलले गरेका थिए । तर उनै लामिछाने सहकारीको बचत ठगीमा नमुछिएको आशयको पत्रका कारण पोखरेललाई संकट आएको थियो । उनका दुवै निर्णयविरुद्धका रिट सर्वोच्चमा विचाराधीन छन्।

रवि प्रकरणमा विवादमा मुछिएपछि सर्वोच्च अदालतको न्यायाधीश हुने दीनमणिको योजनामा पनि धक्का लागिसकेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ४ : ०२ बजे

तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला 

काठमाडौं– सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा

अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीमा संलग्न दुईजना थाइल्याण्डबाट पक्राउ

एजेन्सी– थाइल्याण्डका रेन्जरहरूले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीसँग सम्बन्धित शंका लागेका दुईजनालाई

मानव–वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको नमुना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड