प्रचण्डले सत्ता छाडेपछि सक्रिय समाजवादी मोर्चा, उपेन्द्र यादव गएनन् « Khabarhub

प्रचण्डले सत्ता छाडेपछि सक्रिय समाजवादी मोर्चा, उपेन्द्र यादव गएनन्


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल असार २८ गते सत्ताबाट बाहिरिएसँगै समाजवादी मोर्चा ब्यूँताएका छन् ।

दाहाल सत्तामा हुन्जेल मोर्चालाई चासो र प्राथमिकता दिएका थिएनन् । तर असार १७ गते राति कांग्रेस र एमालेको सहमतिले दाहालले अचानक सत्ताबाट हात धुनुपरेपछि कम्युनिस्ट विचारधाराका दलहरूसँगको मोर्चालाई पुन: सक्रिय गराएका हुन् ।

उनले सत्तामा हुन्जेल यो मोर्चालाई कांग्रेस र एमालेसँग बार्गेनिङ पावरका रुपमा प्रयोग गरिरहेको आरोप थियो। यो मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुरुवाती चासो लिएर यो मोर्चाको खाका कोरेका थिए । तर अहिले उनै भट्टराई यो मोर्चामा अटेनन् ।

गत वैशाख २३ गते आफू अमेरिका रहेका बेला पार्टी फुटाइदिएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि यो मोर्चामा देखिएका छैनन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन प्रधानमन्त्री प्रचण्डको योजनामा आफ्नो पार्टी फुटाइएको भन्दै उनी रुष्ट छन् ।

मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकमा यादव सहभागी भएनन् । मोर्चाले यादवको अनुपस्थितिमै बैठक अघि बढाएको हो ।

कांग्रेस-एमाले मिलेको परिणाम समाजवादी मोर्चाका प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएका छन् । दुवै दल प्रतिपक्षमा पुगेपछि समाजवादी मोर्चा सक्रिय हुन थालेको हो ।

यो बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र मोर्चाको आगामी रणनीति बारे छलफल हुने बताइएको छ । मंगलबार समाजवादीको मोर्चाको बैठक आयोजना गरेका माधवकुमार नेपाल सोमबार केपी ओलीले प्रधानमन्त्रीको शपथ लिँदा शीतल निवास गएनन्। अहिले मोर्चाको अध्यक्ष उनै नेपाल छन् ।

यो मोर्चा ४ असार २०८० मा राष्ट्रिय सभागृहमा घोषणा गरिएको थियो । मोर्चासम्बन्धी अवधारणापत्रमा माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष  नेपाल, जसपाका अध्यक्ष यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले हस्ताक्षर गरेका थिए ।

प्रचण्डले तत्कालै कुनै पनि दलसँग एकता सम्भव नदेखिएपछि आफूसँग विचार मिल्नेलाई सँगै राख्ने योजनासहित यो मोर्चा घोषणा गरेका थिए । तर उनी सत्तामा हुन्जेल यो मोर्चाले सक्रियतापूर्वक कुनै काम गरेको थिएन ।

नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्य सहित मोर्चा गठन त्यसबेला जसपाका नेता राजेन्द्र श्रेष्ठले बताएका थिए ।

मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको बाटो तय गर्ने, वर्गीय तथा क्षेत्रीय विभेदको अन्त्य गर्ने, मानव विकास सूचकाङ्कमा पछाडि परेका मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्रमुख प्राथमिकता राख्ने, जनताको नागरिक तथा आर्थिक अधिकारको संरक्षण, वित्तीय एकाधिकार तथा दलाल पूँजीवादी अर्थव्यवस्थाको विकल्पमा समाजवादी अर्थतन्त्रको आधार तयार पार्ने उद्देश्य बोकेको थियो ।

मोर्चाको अवधारणापत्रमा आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकीकरण गर्ने, वैदेशिक रोजगारीबाट पूँजी र प्रविधि सहित फर्केका नेपालीलाई देशभित्र रोजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने र उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदान गर्ने र गरीबी उन्मूलन र रोजगार प्रवर्द्धनको क्षेत्रहरूमा लगानी बढाउन तीनवटै तहको सरकारलाई क्रियाशील बनाउने उल्लेख थियो । तर यी उद्धेश्यअनुरुप मोर्चाले आजसम्म कुनै ठोस काम गर्न सकेको छैन ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ५ : २७ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,