विराटनगरको दुग्ध वितरण आयोजनाले किसानलाई ३६ करोड तिर्न बाँकी « Khabarhub

विराटनगरको दुग्ध वितरण आयोजनाले किसानलाई ३६ करोड तिर्न बाँकी


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विराटनगरस्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुग्ध कृषकहरूलाई करिब ३६ करोड रुपैयाँ दूधको बक्यौता तिर्नुपर्ने देखिएको छ । 

निजी डेरीको दूध तथा दुग्धजन्य पदार्थको मूल्य सस्तो भएकाले विराटनगर दुग्ध वितरण आयोजनाको उत्पादनको बिक्री घटेकाले दूधको बक्यौता तिर्न नसकिएको आयोजनाले जनाएको छ । आयोजनाको दूध प्रति लिटर ९८ रुपैयाँमा बिक्री गर्दै आएकोमा निजी डेरीले ९० रुपैयाँ प्रतिलिटरमा दूध बिक्री गर्दै आएको छन् । 

यसैगरी घिउको मूल्य प्रति किलो १ हजार २ सय रुपैयाँ रहेकोमा निजी डेरीले १ हजार रुपैयाँ प्रति किलोमा घिउ बिक्री गरिरहेको छ । अहिले सो आयोजनाले दैनिक करिब १९ हजार लिटर दूध खरिद गर्ने गरेको र उत्पादन थुप्रिँदा कोठा भाडामा लिएर दुग्ध उत्पादन राख्ने गरेको विराटनगर दुग्ध वितरण आयोजनाका निमित्त आयोजना प्रमुख परमेश्वर चौधरीले जानकारी दिए ।

उनले आर्थिक वर्ष ०८०-८१ मा ३६ करोड रुपैयाँ दूधको बक्यौता बाँकी रहेकोमा गत कार्तिक देखि दूधको पैसा तिर्न नसकिएको बताए ।

आयोजनाले पहिले दैनिक ८ देखि १० हजार लिटर दूध तथा दुग्धजन्य पदार्थ बिक्री गर्दै आएकोमा अहिले दैनिक ५ हजार लिटर मात्र दूध तथा दुग्धजन्य पदार्थ बिक्री हुने गरेको जनाएको छ । 

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ६ : ४० बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा